दमक चक्रपथः विकासको मेरुदण्ड

दमक,२६ माघ। दमक चक्रपथ नगर विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा अघि बढाइएको दीर्घकालीन योजना हो। पूर्व–पश्चिम राजमार्गमा बढ्दो सवारी चाप कम गर्ने, वैकल्पिक यातायात मार्ग विकास गर्ने र नगरको शहरी विस्तारलाई व्यवस्थित बनाउने उद्देश्य सहित चक्रपथको परिकल्पना गरिएको हो। चक्रपथ नहुँदा वर्षौँसम्म स्थानीय बासिन्दाले सास्ती भोग्दै आएका थिए। साँघुरा भित्री सडक, भारी सवारीको अत्यधिक चाप, वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण दैनिक यात्रा कष्टकर बन्दै आएको थियो। यसले एम्बुलेन्स, विद्यालय सवारी तथा व्यापारिक यातायातलाई समेत प्रत्यक्ष असर पार्दै आएको थियो। हाल चक्रपथको अधिकांश खण्डमा कालोपत्रे भइसकेको छ भने केही स्थानमा पिच गर्न बाँकी छ। बाँकी काम सम्पन्न भएपछि दमक भित्रको यातायात अझ सहज हुने, समय र इन्धनको बचत हुने तथा सडक दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ। चक्रपथ सञ्चालनमा आएपछि यात्रु मात्रै होइन, व्यवसाय विस्तार, बजार विकास र शहरी सौन्दर्यमा समेत सकारात्मक परिवर्तन देखिने विश्वास स्थानीयको छ।

 

दमक नगरपालिका दुई वटा नदीको बीचमा रहेको नगर भएकाले वारीपारी आवतजावत गर्न स्थानीयलाई समस्या हुने गरेको थियो। नदी नियन्त्रणका लागि आवश्यक सामग्री पु¥याउन समेत कठिनाइ हुँदै आएको थियो। दमक–१० का पूर्व वडा अध्यक्ष बोधराज न्यौपानेका अनुसार नदी व्यवस्थापन र नगर विकासलाई एउटै योजनामा बाँधेर अघि बढाउने सोचबाट नै दमक चक्रपथको परिकल्पना गरिएको हो।

 

उहाँका अनुसार दमक चक्रपथअन्तर्गतका अधिकांश काम अन्तिम चरणमा पुगेका छन्। केही स्थानमा मात्रै सडक पिच गर्न बाँकी छ। सरकारमा भएको फेरबदलका कारण योजना केही समय अधुरो रहन पुगेको भए पनि आगामी आर्थिक वर्षभित्र सबै काम सम्पन्न हुने उहाँको विश्वास छ। चक्रपथ बनेपछि यात्रा सहज हुने, छोटो समयमा लामो दूरी पार गर्न सकिने र चक्रपथ हुँदै सिधै दमक बजार पुग्न सकिने उहाँको भनाइ छ।

 

आगामी फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा दमकवासीको अपेक्षा पनि स्पष्ट बन्दै गएको छ। जितेर आउने जनप्रतिनिधिले अधुरा योजना पूरा गर्ने, चक्रपथ जस्ता दीर्घकालीन विकासका कार्यक्रमलाई निरन्तरता दिने र विकासलाई भाषणमा होइन, परिणाममा देखाउने अपेक्षा स्थानीयले गरेका छन्। सडक, यातायात र पूर्वाधारसँगै जवाफदेही नेतृत्व र स्थायित्वले नै दमकको भविष्य तय हुने स्थानीयको भनाइ छ। अबको निर्वाचन व्यक्तिभन्दा पनि विकास बुझ्ने दृष्टिकोण र परिवर्तनलाई व्यवहारमा उतार्ने नेतृत्वको खोजीका रूपमा हेरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ ,५ असोज। झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई