विजेताले पाए १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र

दमकमा अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न

कार्यक्रममा वाचन गरिएका सबै कविताहरू सान्दर्भिक र अर्थपूर्ण थिए।

दमक, ३० फागुन । झापाको दमकमा अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न भएको छ। दमक प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा दमक नगर क्षेत्रभित्रका निजी तथा सामुदायिक विद्यालयका ३० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए।

 

प्रतियोगितामा १६ वटा विद्यालयका विद्यार्थीहरूले प्रतिनिधित्व गर्दै आफ्नो सिर्जना प्रस्तुत गरेका थिए। कार्यक्रम आधारभूत र माध्यमिक गरी दुई तहमा विभाजन गरिएको थियो र सोही अनुसार विजेताहरूलाई पुरस्कृत गरिएको आयोजकले जनाएको छ।

 

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले समसामयिक विषयलाई कवितामार्फत सशक्त रूपमा प्रस्तुत गरेका थिए। पछिल्लो समय बढ्दो मोबाइल प्रयोग, त्यसले बालबालिकाको जीवनमा पारेको प्रभाव र त्यसबाट देखिएका सामाजिक परिणामहरूबारे केही प्रतियोगीले गहिरो भावसहित कविता वाचन गरेका थिए।

 

त्यस्तै, देशप्रेम र राष्ट्रभक्तिको भाव बोकेका कविताहरूले पनि कार्यक्रममा उल्लेखनीय स्थान पाए। अहिलेको पुस्ता देशको अवस्था र भविष्यप्रति सचेत र चिन्तित रहेको सन्देश उनीहरूको कवितामार्फत स्पष्ट रूपमा झल्किएको थियो। धेरै विद्यार्थीहरूले देशमा परिवर्तन आवश्यक रहेको भावनालाई सिर्जनात्मक अभिव्यक्तिमा उतारेका थिए।

 

बालबालिकाहरूले आफ्ना कवितामार्फत देशका कथा बोलेका थिए। उनीहरूले समाजको परिवेश र वर्तमान अवस्थालाई उजागर गरेका थिए। रोजगारको अभावका कारण विदेशिन बाध्य भएका दाजु–दिदी तथा आफ्ना बुबा–आमाको पीडा र संघर्षलाई पनि मार्मिक शैलीमा प्रस्तुत गरेका थिए।

 

कार्यक्रममा वाचन गरिएका सबै कविताहरू सान्दर्भिक र अर्थपूर्ण थिए। ती कविताहरू केवल प्रतियोगिताका प्रस्तुति मात्र नभई युवापुस्ताको आवाज र विद्यार्थीहरूको भावनालाई अभिव्यक्त गर्ने सशक्त मञ्चका रूपमा देखिएका थिए। यसले साहित्य र सिर्जनामार्फत समाजलाई सचेत गराउने महत्वपूर्ण अवसर पनि प्रदान गरेको थियो।

कार्यक्रममा दमकका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो। त्यसका साथै साहित्य र सिर्जनाबाट समाजलाई दिशा दिने वरिष्ठ साहित्यकारहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

 

प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा वाङ्देल चेली तथा वाङ्मय साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका प्राध्यापक डा. बद्री विशाल पोखरेल रहनुभएको थियो। कार्यक्रमको सभाध्यक्षता नेपाली भाषा र साहित्यका स्थापित व्यक्तित्व डा. गोपाल भण्डारीले गर्नुभएको थियो।

 

कार्यक्रमले दमक क्षेत्रमा भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धनमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्। नगरस्तरीय यस प्रतियोगिताले विद्यार्थीहरूलाई सिर्जनात्मक अभिव्यक्तिको अवसर दिनुका साथै भाषा र साहित्यको संरक्षणमा उनीहरूको भूमिका पनि महत्वपूर्ण हुन सक्छ भन्ने तथ्यलाई प्रमाणित गरेको दमक प्रज्ञा प्रतिष्ठानका सचिव जयबहादुर श्रेष्ठले जानकारी दिनुभयो।

 

प्रतियोगिताको माध्यमिक तहतर्फ झापा मोडल अंग्रेजी बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत अभिमन्यु चापागाईं प्रथम हुनुभएको थियो। सिंहदेवी माध्यमिक विद्यालय, दमक–१० मा अध्ययनरत सुम्निमा राई द्वितीय हुनुभएको थियो।

 

यसैगरी प्रजिता एकेडेमीका पृपेश श्रेष्ठ तृतीय हुनुभएको थियो भने सरस्वती माध्यमिक विद्यालय, दमक–९ का वसन्त शिशिर तथा सर्वोदय अंग्रेजी बोर्डिङ स्कुलका इसान केरुङले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो।

 

आधारभूत तहतर्फ चर्चित नेपाल प्रथम, गृष्मा अधिकारी द्वितीय तथा तृपा कार्की तृतीय हुनुभएको थियो। चन्द्रकला सङ्खर र हाङमा लिम्बूले सान्त्वना स्थान प्राप्त गर्नुभएको कार्यक्रमका सञ्चालक तथा प्रतिष्ठानका सदस्य धनकुटे कान्छाले जानकारी दिनुभयो।

 

प्रतियोगिताका विजेताहरूलाई समान क्रमशः १०–१० हजार, ७–७ हजार, ५–५ हजार र सान्त्वनातर्फ २५–२५ सय रुपैयाँ नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।