दमक, २ चैत्र । नेपाली बजारमा आइतबार सुन सामान्य बढेको छ । भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी, चाँदीको मूल्य भने घटेको छ ।
आज चाँदी तोलामा ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
आइतबार चाँदिको मूल्य ५ हजार २७० रुपैयाँ कायम भएको थियो ।









