शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका छन् ।
उहाँलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले उहाँलाई नियन्त्रणमा लिइएको पुष्टि गर्नु भएको छ ।
‘बयानका लागि बोलाएका थियौँ । उहाँ यहाँ आउनुभएको छ,’ ठाकुरले भन्नु भयो ।सुलभका बुवा शंकरलाल अग्रवाललाई विभागले शुक्रबार साँझ पक्राउ गरेको थियो । व्यापारी दीपक भट्ट पक्राउ परेसँगै सम्पत्ति शुद्धीकरण विभागले उहसँग जोडिएका अन्य व्यक्तिमाथि पनि अनुसन्धान गर्ने क्रममा उहाँहरू पक्राउ पर्नु भएको छ । सुलभ अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ पर्नु भएको थियो । उहाँलाई पछि विभागले तारेखमा छाडेको थियो ।शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिन्छ ।
यसको मुख्य कम्पनी जगदम्बा स्टिल हो । यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ ।









