बिमा दाबी शोधभर्ना

बिमा बोर्डले बेवास्ता गर्दा बीपीमा करिब २४ करोड रुपैयाँ डुब्ने संकेत

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमा दाबी शोधभर्नाका लागि बिमा बोर्डलाई ताकेता गरे पनि बेवास्ता गरेपछि करिब २४ करोड रुपैयाँ डुब्ने संकेत देखिएको छ । प्रतिष्ठानले दुई साताअघि बिमा बोर्डले दिनुपर्ने २६ करोड ५० लाख रुपैयाँ नदिएपछि फागुन १५ गतेसम्मको अल्टिमेटम दिएको थियो ।

अल्टिमेटम दिएको दुईसाता बितिसक्दा पनि बोर्डले भने प्रतिष्ठानले गरेको बिमा दाबी शोधभर्नाप्रति चासो देखाएको छैन । चासो देखाउनुको सट्टा बाँकी बक्यौता रकम नै नदिने सङ्केत देखाएपछि प्रतिष्ठानका पदाधिकारीहरू थप असमञ्जसमा परेका छन् । बोर्डले बिमाको कागजपत्र हरेर प्रमाणीकरण गर्न र रकम निकासा गर्न जनशक्तिको अभाव भएको भन्दै यसअघि आलटाल गर्दै आएको थियो ।

स्वास्थ्य बिमा बोर्डले निजी लगानीमा सञ्चालित अस्पताल र मेडिकल कलेजमा बिमित बिरामीको उपचार गरेबापतको रकम भने तत्काल प्रमाणीकरण गरेर रकम निकासा गर्दै आएको छ । तर, बीपी प्रतिष्ठान र अन्य धेरै सरकारी अस्पतालले बिमितको उपचार गरे बापतको बिमा रकम भने बोर्डबाट सहज रूपमा पाउन सकेका छैनन् ।

प्रतिष्ठान स्रोतका अनुसार बिमा बोर्डले निजी स्तरमा सञ्चालित अस्पतालका पदाधिकारीसँग सेटिङ गरेर कमिसन लिने गरेकाले स्वास्थ्य बिमा बापतको रकम तत्काल निकासा गर्ने गरेको छ । मुलुकभरिका अस्पतालमध्ये ४ सय ३८ अस्पतालहरूसँग बिमा बोर्डले सम्झौता गरेको छ ।

यति धेरै अस्पतालमा उपचार गरेका बिमित बिरामीको रकमको हिसाब किताब राख्न र रकम निकासा गर्न बोर्डमा जनशक्ति अभाव भएकाले प्रतिष्ठान र अन्य सरकारी अस्पातालले बेलैमा मागदाबी गरेअनुसारको शोधभर्ना नपाए पनि निजी अस्पतालले भने पाइरहनुले कमिसनकै खेल भएको आशङ्का गर्न थालिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।