बिमा दाबी शोधभर्ना

बिमा बोर्डले बेवास्ता गर्दा बीपीमा करिब २४ करोड रुपैयाँ डुब्ने संकेत

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमा दाबी शोधभर्नाका लागि बिमा बोर्डलाई ताकेता गरे पनि बेवास्ता गरेपछि करिब २४ करोड रुपैयाँ डुब्ने संकेत देखिएको छ । प्रतिष्ठानले दुई साताअघि बिमा बोर्डले दिनुपर्ने २६ करोड ५० लाख रुपैयाँ नदिएपछि फागुन १५ गतेसम्मको अल्टिमेटम दिएको थियो ।

अल्टिमेटम दिएको दुईसाता बितिसक्दा पनि बोर्डले भने प्रतिष्ठानले गरेको बिमा दाबी शोधभर्नाप्रति चासो देखाएको छैन । चासो देखाउनुको सट्टा बाँकी बक्यौता रकम नै नदिने सङ्केत देखाएपछि प्रतिष्ठानका पदाधिकारीहरू थप असमञ्जसमा परेका छन् । बोर्डले बिमाको कागजपत्र हरेर प्रमाणीकरण गर्न र रकम निकासा गर्न जनशक्तिको अभाव भएको भन्दै यसअघि आलटाल गर्दै आएको थियो ।

स्वास्थ्य बिमा बोर्डले निजी लगानीमा सञ्चालित अस्पताल र मेडिकल कलेजमा बिमित बिरामीको उपचार गरेबापतको रकम भने तत्काल प्रमाणीकरण गरेर रकम निकासा गर्दै आएको छ । तर, बीपी प्रतिष्ठान र अन्य धेरै सरकारी अस्पतालले बिमितको उपचार गरे बापतको बिमा रकम भने बोर्डबाट सहज रूपमा पाउन सकेका छैनन् ।

प्रतिष्ठान स्रोतका अनुसार बिमा बोर्डले निजी स्तरमा सञ्चालित अस्पतालका पदाधिकारीसँग सेटिङ गरेर कमिसन लिने गरेकाले स्वास्थ्य बिमा बापतको रकम तत्काल निकासा गर्ने गरेको छ । मुलुकभरिका अस्पतालमध्ये ४ सय ३८ अस्पतालहरूसँग बिमा बोर्डले सम्झौता गरेको छ ।

यति धेरै अस्पतालमा उपचार गरेका बिमित बिरामीको रकमको हिसाब किताब राख्न र रकम निकासा गर्न बोर्डमा जनशक्ति अभाव भएकाले प्रतिष्ठान र अन्य सरकारी अस्पातालले बेलैमा मागदाबी गरेअनुसारको शोधभर्ना नपाए पनि निजी अस्पतालले भने पाइरहनुले कमिसनकै खेल भएको आशङ्का गर्न थालिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति