तीन नेताको भेटमा देउवाले भने– भोट हाल्ने दिन पनि हाल्न पाइन्छ कि पाइन्न भन्ने हल्ला चलिरहन्छ

 

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल भएको प्रचण्डले जानकारी दिए । निर्वाचन नहुने हल्ला चल्न थालेपछि आफूहरूले त्यसबारे प्रधानमन्त्रीलाई जिज्ञासा राखेको उनले बताए ।

 

जवाफमा प्रधानमन्त्री देउवाले भोट खसाल्ने बेलासम्म यस्ता हल्ला चलिरहने भएकाले हल्लाको पछि नलाग्न आग्रह गरेको प्रचण्डको भनाइ छ । “हामी निर्वाचनका लागि पूरै तयारी गरिरहेका छौँ । निर्वाचन नहुने हल्ला चलिरहेको छ । के हो त प्रधानमन्त्रीज्यू भनेर हामीले सोध्यौँ,” उनले भने, “चुनावको दिनसम्म हल्ला चलिरहन्छ । भोट हाल्ने दिन पनि भोट हाल्न पाइन्छ कि पाइन्न भन्ने हल्ला चलिरहन्छ । नेपाल यस्तै हो, प्रधानमन्त्रीले भन्नुभयो ।”

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा