तीन नेताको भेटमा देउवाले भने– भोट हाल्ने दिन पनि हाल्न पाइन्छ कि पाइन्न भन्ने हल्ला चलिरहन्छ

 

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल भएको प्रचण्डले जानकारी दिए । निर्वाचन नहुने हल्ला चल्न थालेपछि आफूहरूले त्यसबारे प्रधानमन्त्रीलाई जिज्ञासा राखेको उनले बताए ।

 

जवाफमा प्रधानमन्त्री देउवाले भोट खसाल्ने बेलासम्म यस्ता हल्ला चलिरहने भएकाले हल्लाको पछि नलाग्न आग्रह गरेको प्रचण्डको भनाइ छ । “हामी निर्वाचनका लागि पूरै तयारी गरिरहेका छौँ । निर्वाचन नहुने हल्ला चलिरहेको छ । के हो त प्रधानमन्त्रीज्यू भनेर हामीले सोध्यौँ,” उनले भने, “चुनावको दिनसम्म हल्ला चलिरहन्छ । भोट हाल्ने दिन पनि भोट हाल्न पाइन्छ कि पाइन्न भन्ने हल्ला चलिरहन्छ । नेपाल यस्तै हो, प्रधानमन्त्रीले भन्नुभयो ।”

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा गुडिरहेको बुलेट मोटरसाइकलमा आगलागी, चालक सकुशल

दमक,१ वैशाख । मिति २०८३ साल वैशाख १ गते दिउँसो १२ः४५ बजे दमक नगरपालिका–८ स्थित पूर्व–पश्चिम लोकमार्गमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ। प्रहरीका अनुसार

घुम्ने होइन त बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु ?

बाजुरा,१ वैशाख । नयाँ बर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ उत्साह र उमंगका साथ नयाँ बर्ष मनाइँदैछ । नयाँ बर्षका अवसरमा भेटघाट र घुमघाम

नयाँ वर्षमा पूर्व प्रधानमन्त्री कार्कीको शुभकामना

काठमाडौं,१ वैशाख। निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना दिनु भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत उहाँले बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी

बजारमा कति बढ्यो अण्डाको मूल्य?

चितवन, १ बैशाख । अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार

अमेरिकी नाकाबन्दी निर्णयको विरोधमा युरोपेली देशहरु

एजेन्सी,१ वैशाख । अधिकांश युरोपेली देशहरूले इरानी समुद्री यातायातमा नाकाबन्दी लगाउने अमेरिकी निर्णयको विपक्षमा देखिएका छन् । ति देशहरुले कूटनीतिक समाधानमा जोड दिँदै र हर्मुजको