मानव बेचबिखन मुद्दाका तीन फरार अभियुक्त ४ वर्षपछि पक्राउ

arrest_cjmzBt2Ndm

 

 

 

झापामानव बेचबिखन तथा ओसार पसार मुद्दाका तीन फरार अभियुक्त चार वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा साबिक तोपगाछी गाविस-६ हाल कमल गाउँपालिका-४ निवासी ४४ वर्षीया सीता केरुङ सम्बाहाम्फे, सोही ठाउँका ५० वर्षीय इन्द्र सम्बाहाम्फे र ४३ वर्षीय हंसराज केरुङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

झापा जिल्ला अदालतले  उनीहरूलाई २०७४ साल असार २८ गते मानव बेचबिखन तथा ओसार पसार मुद्दामा कैद सजाय तोकेको थियो। अदालतले तीनै जनालाई सात वर्ष ६ महिना कैद सजाय, एक लाख जरिवाना र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउनु पर्ने तोकेको छ ।

अदालतले गरेको फैसलादेखि नै फरार भएका उनीहरूलाई प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले चैत २ गते पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि झापा कारागार पठाउने तयारी भइरहेको डिएसपी पाठकले बताए।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन