आमाको महिमा किन अपरम्पार ?

दमक,४ वैशाख। ‘धर्तीमै छ सबै चीज, खोजे मिल्छ घरिघरि । तर जन्म दिने आमा पाइँदैन कसैगरी ।’ यो कवि केपी भट्टराईले आमाको बारेमा लेखेको एक टुक्रा कविताको एक अंश हो । नौँ महिना गर्वमा राखेर जन्म दिएर दशधारा दुध खुवाएर हुर्कउने आमा हो। आमा विना सन्तानको जिवन अधुरो छ। हो साँची विचार गरौँ त, यो कविताको हरफलाई कति मार्मीक छ । सानो बच्चा देखी हुर्की सकेका छोराछोरी जती प्यारो हुन्छन आमाबुबाको लागि त्यती नै प्यारो सन्तानको जिवनमा आमाबुबा हुनुन्छ।

 

आज वैशाख कृष्ण औँसी । नेपालमा यसदिनलाई आमाको मुख हेर्ने दिनका रूपमा चिनिन्छ । आजको दिन छोराछोरीहरू आफूलाई जन्म दिने आमाको मुख हेर्न आमा भएको ठाउँमा जान्छन् । मीठामीठा परिकार खुवाएर तथा उपहार दिएर आमालाई खुसी बनाँउछन्।

 

यहाँ प्रश्न आँउन सक्छ के मातातीर्थ औंसीमा मात्र आमाको महत्व हो? सन्तानको लागि आमा ३ सय पैसठी दिन नै महत्वपुर्ण हुनुन्छ।यो भनि रहदा के सबैको घरमा आमा सन्तानको लागि महत्व हुनुन्छ त?सुन्दा अचम्म लाग्छ होला तर सत्य यो पनि छ कि ठाँउ ठाँउमा किन वृद्धा आश्रम खोलीएको छ? सन्तान हुँदाहुँदै पनि किन आमा बुबा वृद्धा आश्रममा बस्न बाध्य हुनुन्छ। के परिवार नभएर हो? कि आमा बुबासँग बस्ने समय सन्तानसँग नभएर हो?

 

राम भग्वानले भन्नु भएको छ, आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला (महान) हुन्छन्। यही वाणीले हामीलाई सधै आमाप्रतिको कर्तव्य सम्झना दिलाउँछ । आमाको छाया वा मातृचरणमा रहने सौभाग्य प्राप्त गर्नु स्वर्गभन्दा पनि ठूलो प्राप्ति हो । उखान पनि छ– अरूको लाख, आमाको काख ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ ,५ असोज। झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई