सुपारी आयात

विराटनगर भन्सारबाट सुपारी आयात सुरु, ३ करोड ८२ लाख ६० हजार रुपैयाँ राजस्व प्राप्त

मोरङ/ विराटनगर भन्सार कार्यालयबाट सुपारी आयात सुरु भएको छ । गतवर्ष तोकिएको कोटाको सुपारी समयमा आयात हुन सकेको थिएन । तर, यो वर्ष भने अदालतको आदेशपछि कोटाको सुपारी आयात सुरु भएको हो । गत वर्षको चैत महिनामा वाणिज्य विभागले २५ हजार मेट्रिक टनको कोटा वितरण गरेको थियो ।

त्यही कोटामध्यको करिब ११ हजार मेट्रिक टन सुपारी आयात गर्न पाउने अदालतको आदेशपछि ३ सय ५४ मेट्रिक टन सुपारी विराटनगर भन्सार कार्यालय भएर आयात भएको हो । ७ करोड ८९ लाख ११ हजार मूल्यको सुपारी आयात हुँदा विराटनगर भन्सार कार्यालयलाई ३ करोड ८२ लाख ६० हजार रुपैया राजस्व प्राप्त भएको छ ।

तेश्रो मुलुकबाट आयात भएको सुपारीमा ४५ प्रतिशत भन्सार शुल्क, २५ प्रतिशत अन्त शुल्क र १३ प्रतिशत भ्याट लाग्दछ । सुपारी आयात शुरु भएपछि विराटनगर भन्सार कार्यालयको राजस्व लक्ष्य पूरा गर्न सहज हुने विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले जानकारी दिए ।

विराटनगर भन्सार कार्यालयलाई चालू आर्थिक वर्ष २०७८/७९ का लागि ४९ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ लक्ष्य तोकिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा