सुपारी आयात

विराटनगर भन्सारबाट सुपारी आयात सुरु, ३ करोड ८२ लाख ६० हजार रुपैयाँ राजस्व प्राप्त

मोरङ/ विराटनगर भन्सार कार्यालयबाट सुपारी आयात सुरु भएको छ । गतवर्ष तोकिएको कोटाको सुपारी समयमा आयात हुन सकेको थिएन । तर, यो वर्ष भने अदालतको आदेशपछि कोटाको सुपारी आयात सुरु भएको हो । गत वर्षको चैत महिनामा वाणिज्य विभागले २५ हजार मेट्रिक टनको कोटा वितरण गरेको थियो ।

त्यही कोटामध्यको करिब ११ हजार मेट्रिक टन सुपारी आयात गर्न पाउने अदालतको आदेशपछि ३ सय ५४ मेट्रिक टन सुपारी विराटनगर भन्सार कार्यालय भएर आयात भएको हो । ७ करोड ८९ लाख ११ हजार मूल्यको सुपारी आयात हुँदा विराटनगर भन्सार कार्यालयलाई ३ करोड ८२ लाख ६० हजार रुपैया राजस्व प्राप्त भएको छ ।

तेश्रो मुलुकबाट आयात भएको सुपारीमा ४५ प्रतिशत भन्सार शुल्क, २५ प्रतिशत अन्त शुल्क र १३ प्रतिशत भ्याट लाग्दछ । सुपारी आयात शुरु भएपछि विराटनगर भन्सार कार्यालयको राजस्व लक्ष्य पूरा गर्न सहज हुने विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले जानकारी दिए ।

विराटनगर भन्सार कार्यालयलाई चालू आर्थिक वर्ष २०७८/७९ का लागि ४९ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ लक्ष्य तोकिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा गुडिरहेको बुलेट मोटरसाइकलमा आगलागी, चालक सकुशल

दमक,१ वैशाख । मिति २०८३ साल वैशाख १ गते दिउँसो १२ः४५ बजे दमक नगरपालिका–८ स्थित पूर्व–पश्चिम लोकमार्गमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ। प्रहरीका अनुसार

घुम्ने होइन त बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु ?

बाजुरा,१ वैशाख । नयाँ बर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ उत्साह र उमंगका साथ नयाँ बर्ष मनाइँदैछ । नयाँ बर्षका अवसरमा भेटघाट र घुमघाम

नयाँ वर्षमा पूर्व प्रधानमन्त्री कार्कीको शुभकामना

काठमाडौं,१ वैशाख। निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना दिनु भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत उहाँले बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी

बजारमा कति बढ्यो अण्डाको मूल्य?

चितवन, १ बैशाख । अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार

अमेरिकी नाकाबन्दी निर्णयको विरोधमा युरोपेली देशहरु

एजेन्सी,१ वैशाख । अधिकांश युरोपेली देशहरूले इरानी समुद्री यातायातमा नाकाबन्दी लगाउने अमेरिकी निर्णयको विपक्षमा देखिएका छन् । ति देशहरुले कूटनीतिक समाधानमा जोड दिँदै र हर्मुजको