साहित्य कला सङ्गमको प्रभाव विस्तार

दमकमा नेपाल र भारतका ९ सर्जक पुरस्कृत

५९ लाखको ५ वटा अक्षयकोषबाट २ लाख ७१ हजार १ सय ११ रुपैयाँ बराबरको वर्षेनी पुरस्कार

दमक, १९ बैशाख / झापाको दमकमा त्यो बेला प्रतिभा निकेतनले केही साहित्यिक गतिविधि गर्थ्यो । त्यसपछि उदाएको कोठे साहित्यिक यात्राले पनि कोठामै कार्यक्रम गरेर नवसर्जकलाई प्रोत्साहित गरिरहेको थियो । त्यही क्रममा ०५२ सालमा खडा भएको साहित्य कला संगमले भनें पछिल्लो समयमा आफूलाई पुनर्जागृत गर्दै यसबेला नेपालकै महत्वपूर्ण साहित्यिक गतिविधि गर्नेमध्येको एउटा संस्थाका रुपमा उभ्याएको छ । यही संस्थाको पछिल्लो कार्यक्रममा सर्जकहरुलाई संस्थाकी उपाध्यक्ष चन्द्रा गड्तौलाको अगुवाईमा सुरसुधा संगीतालयका प्रशिक्षार्थीहरुबाट स्वागत गरिएको थियो । जुन गीत संस्थाका संस्थापक अध्यक्ष रुद्र निरौलाले लेख्नु भएको थियो ।

 

२०७३ सालबाट अक्षयकोषमार्फत पुरस्कारको थालनी गरेको संगमले हाल ५ वटा साहित्यिक पुरस्कार प्रदान गरेर आफ्‌नो आयतन फराकिलो बनाउन सफल भएको छ । जस अन्तर्गत पछिल्लो समय सङ्गमले एक भव्य कार्यक्रमको आयोजना गरी नेपाल र नेपाल बाहिरका गरी ९ जना नेपालीभाषी सर्जकलाई २०८२ सालका लागि नगद, सम्मानपत्र र दोसल्लाले सम्मानित गरेको छ । जसमध्ये सबैभन्दा बढी ४१ लाख ५० हजारको कोष खडा गर्नुभएको छ दमकका साहित्यसेवी भवानी मिश्रले । संस्थामा पुरस्कारको थालनी उहाँले नै गर्नुभएको हो । ३५ हजार राशिको भवानी मिश्र अन्तर्राष्ट्रिय पुरस्कारबाट भारतको असमका मोहन सुवेदी पुरस्कृत बन्नुभयो । सोही राशिको भवानी मिश्र राष्ट्रिय पुरस्कारबाट झापा विर्तामोडका राजेन्द्रकुमार संग्रौला, शिवसताक्षीका वीरेन्द्र थोक्लिहाङ, मोरङ विराटनगरका खेम नेपाली र बैतडीका वासुदेव पाण्डेय सम्मानित बन्नुभयो ।

 

संगमकै ५ लाख अक्षयकोषमा खडा भएको ३५ हजार राशिको साहित्य कलाश्री पुरस्कारबाट दमकका प्रा.डा. गोपालप्रसाद भण्डारीलाई सम्मानित गरियो ।

 

दमकका लेखक डा.लेखनाथ न्यौपाने परिवारले हजूरआमा तुलसादेवी न्यौपानेको स्मृतिमा १० लाख रुपैयाँको अक्षयकोष खडा गरिदिएको छ । जसबाट ३५ हजार राशिको तुलसादेवी न्यौपाने स्मृति पुरस्कार धरान सुनसरीका प्रा.डा. भीम खतिवडालाई प्रदान गरिएको छ ।

 

संगमका संस्थापक अध्यक्ष साहित्यिक अगुवा शिक्षक रुद्र निरौलाको स्मृतिमा श्रीमती शारदा निरौलाले २ लाख रुपैयाँको अक्षयकोषबाट रुद्र निरौला स्मृति पुरस्कार खडा गर्नुभयो । दमकका पुराना साहित्यकार मेघराज तिम्सिना १५ हजार नगदसहितको सो पुरस्कारबाट सम्मानित बन्नुभयो ।
साहित्यकार वीरेन्द्र खड्काले स्थापना गर्नुभएको १ लाख अक्षयकोषको चन्द्रवीर खड्का स्मृति पुरस्कारबाट विर्तामोड झापाकी मीना अधिकारी पुरस्कृत बन्नुभयो । जसको पुरस्कार राशि ११ हजार १ सय ११ रहेको छ ।

 

यसरी संस्थामा ५९ लाखको ५ वटा अक्षयकोषबाट २ लाख ७१ हजार १ सय ११ रुपैयाँ बराबरको वर्षेनी पुरस्कार प्रदान गर्दै सृजना क्षेत्रको सम्मान, प्रवद्र्धन तथा प्रोत्साहनमा महत्वपूर्ण भूमिका निर्वाह भएको देखिन्छ । यो तहको कामप्रति भारतको असममा सर्जक पुरुषोत्तम दाहालले प्रशंसा गर्नुअघि असमको हस्तनिर्मित रैथाने उपहार संगमलाई प्रदान गरी भावनात्मक रुपमा आपसी सद्भाव जोड्ने काम गरिएको थियो ।

सङ्गमका अध्यक्ष बिन्दु दहाल मूकदर्शकको अध्यक्षताको कार्यक्रममा प्रा.डा.गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
संगमको वार्षिक मुखपत्र संगमको पछिल्लो अंक लोकार्पण समेत गरिएको कार्यक्रममा कोशी साहित्य कला परिषदका अध्यक्ष केशु विरही साहित्य चौतारी झापाका अध्यक्ष देवीभक्त श्रेष्ठलगायतले बोल्दै संगमको क्रियाशीलताको प्रशंसा व्यक्त गरेका छन् ।

संस्थाले गीत संगीतका प्रशिक्षण समेत सञ्चालन गर्यो । बेला बेला हुने विभिन्न कार्यक्रममध्ये २०७५ असार २६ र २७ गतेको दुइदिने अनुष्ठान नेपाल, भारत र भुटानका सर्जकहरुको सहभागितामा हालसम्मकै बृहत कार्यक्रमका रुपमा स्मरणीय बनेको छ । संस्था पछिल्लो समयमा सक्रिय बनेको छ । यसखाले राशिको पुरस्कारको निरन्तरताले उसको उचाई राष्ट्रियस्तरमा उकालेको छ । तर संस्थामा अग्रज पुस्ताहरुकै सहभागिता देखिन्छ । नवयुवा पुस्ताहरुसँगको समन्वय त्यति भइरहेको देखिदैन । यसखाले पुरस्कार वितरणका कार्यक्रम सञ्चालन गर्दै नवयुवा पुस्तालाई समेत थप समेट्न सके सृजनाको विस्तार अझ प्रभावकारी बन्ने थियो कि ?

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता