काठमाडौं– पर्यटकीय याम सुरु भएसँगै सगरमाथा क्षेत्र खुम्बुमा बाह्य पर्यटक आउने क्रम सुरु भएको छ। वसन्त ऋतु सुरु हुन लागेसँगै खुम्बु क्षेत्र भित्रिने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो। खुम्बु क्षेत्रमा केही दिनयता दैनिक १०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ।
कोरोना महामारीका कारण लामो समय खुम्बु क्षेत्रमा पर्यटकको आगमन हुन सकेको थिएन। अहिले धमाधम पर्यटक आउन थालेको खुम्बु पासाङल्हामु गाउँपालिका–४ छुकुमका पर्यटन व्यवसायी तेन्जिङ जाङ्बु शेर्पाले बताए।
अहिले लुक्लास्थित लतेन्जिङ हिलारी विमानस्थलमा समेत चहलपहल बढेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताए। लुक्लामा दैनिक २० वटासम्म हेलिकप्टर र ३५ वटासम्म जहाजले उडान भर्ने गरेका छन्।