निर्वाचनको तयारी

तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने : शेरबहादुर देउवा

 

 

 

 

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलन्यास कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्वाचन आयोग कठिबद्ध भएर निर्वाचनको तयारीमा लागेको र सरकारले सबैखाले सहयोग गरिरहेको बताए ।

सरकारको निर्वाचन सार्ने कुनै मनसाय नरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै लाग्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले सुन्दरहरैंचा नगरको नगर अस्पताल पनि उद्घाटन गरेका छन् ।

नवनिर्मित अस्पताल ३५ शय्या क्षमताको छ । प्रधानमन्त्री देउवा आजै पाँचथर र खोटाङ पनि जाने कार्यक्रम छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो