आज विश्वभर पानी दिवस मनाइँदै

 

 

 

प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रुपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो ।

पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ । पानी नभएको स्थानमा जीवन सम्भव छैन । यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ । पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनिन्छ ।

पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ । तर सबै पानी पिउन योग्य छैन । समुद्र र महासागरको पानी नुनिलो छ । जसले पृथ्वीको ९७।५ प्रतिशत भाग ओगटेको छ । २।५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ । यसमध्येको ठूलो अंश अर्थात् १।७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ । ०।७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ । जमिनको सतहमा रहेको ०।०४ प्रतिशत पानीमात्र मानवका लागि पिउन योग्य छ ।

नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ । पाइप प्रणालीबाट ८८ प्रतिशत पानी पुगेको सरकारी दाबी छ । संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन नसकेको गुनासो छ । यस्तै विषयमा जनचेतना जगाउँदै पानी दिवस मनाउने गरिएको छ ।

दिवसको यस वर्षको नारा ‘अदृश्य भूमिगत पानीलाई दृश्य बनाऔँ’ रहेको छ । यो नाराका साथ आज बिहान खानेपानी मन्त्रालयलगायत सरोकार भएका निकायको आयोजनामा सुन्दरीजलमा विशेष कार्यक्रम गर्न लागिएको छ । कार्यक्रममा खानेपानीमन्त्री उमाकान्त चौधरीलगायत अधिकारीहरूको सहभागिता रहने जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण