हिमाविका विद्यार्थीलाई‘डिजाइन थिङकिङ’ तालिम

अहिलेको यूग आइटिको यूग हो । यसमापनि अव त ए आईको समय छ । यी कुरामा विद्यार्थीले आफ्‌नो दक्षता देखाउन सकेनन् भने बजार नबिक्न सक्छन् ।

दमक, २ जेष्ठ । एसईईको परीक्षाफल आइसकेको छ । कक्षा १२ विद्यार्थीहरु परीक्षा सकेर फुर्सदमा छन् । खास गरी एसईई परिक्षा पास गरेपछि अव कस्तो विषय अध्ययन गर्ने भन्नेबारेमा विद्यार्थीहरु अन्यौलमै हुन्छन् । त्यो अन्यौललाई हटाउन दमक २ मा रहेको नेपालकै नमुना विद्यालय मध्ये एक हिमालय माद्यमिक विद्यालयले विद्यार्थीहरुलाई ‘डिजाईनिङ थिङकिङ’को तालिम दिएको छ ।

यो विद्यालयमा आइिटसम्बन्धीको पनि पढाई हुन्छ । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले प्राविधिक विषय अध्ययन गर्छन । उनीहरुले समेत आफ्‌नो सोच र खोजबाट समेत बिभिन्न डिजाईन तथा सृजनाको प्रस्तुति समेत गरेका थिए ।

कक्षा ९ को टेक्निकल फिल्डको विद्यार्थीले आफुमा भएको ज्ञानलाई विभिन्न कलामार्फत प्रस्तुत गरेका थिए। एगृकल्चर ग्रुप, इन्भाइरोमेन्ट ग्रुप, एजुकेसन गुप, र्आट ग्रुप र हेल्थ ग्रुपको विद्यार्थीले ६ दिन तालिममा जे सिके तत तत समुहले आफुमा भएको ज्ञान प्रस्तुत गरेको थिए।
उनीहरुले आफ्‌नो सृजनालाई यति सृजनशील बनाएर प्रस्तुत गरेका थिए कि सबैको ध्यान त्यसैतर्फ देख्न सकिन्थ्यो ।

 

विद्यार्थीहरुलाई आफ्‌नो सृजनालाई तिखार्न नबिनतम सोच राख्न पर्छ । यो सोचको विकास आफ्‌नो मिहनत र पाठ्पुस्कले गर्दा मात्रै पनि सम्भव हुदैन । त्यसैले विद्यालयले आफ्‌नो विद्यार्थीको सोचनीय क्षमता बृद्धि गर्न बिभिन्न सस्थ तथा निकायसग समन्वय गर्छ । यही अर्न्तगत शुक्रबार हिमालय माविको हलमा वर्ल लिङको टिम आयो । यो टिमले केहि बिज्ञहरु ल्यायो । ती बिज्ञहरुले विद्यार्थीको सृजनशील क्षमतालाई अझ तिखार्न मद्यत गरे । वर्ल्ड लिंकले आफ्‌नो सामाजीक उत्तरदायित्व अन्तर्गत हिमालय माविमा यो कार्यक्रमको संयोजन गरेको यसका प्रतिनिधीको भनाई छ ।

 

यो विद्यालयले यहाँ अध्ययन गर्ने विद्यार्थीलाई कितावी ज्ञान मात्रै दिदैन । विद्यालय छोडेपछि गरिखान सक्ने हुनुपर्छ भन्ने संकल्प विद्यालयको छ । जसअन्तर्गत यहाँका विद्यार्थीलाई कक्षा ८ देखीनै सिपसग जोडेर विभिन्न कार्यक्रम समेत सञ्चालन गरिन्छ । यहीका विद्यार्थीले बिजुलीको वल्व बनाएर बजारमा बेच्न सक्ने भएका छन् भने आइटिको क्षेत्रमा पनि कामहरु गर्न थालीरहेको विद्यालयका प्रधानाध्यापक द्रोण बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

 

अहिलेको यूग आइटिको यूग हो । यसमापनि अव त एआईको समय छ । यी कुरामा विद्यार्थीले आफ्‌नो दक्षता देखाउन सकेनन् भने बजार नबिक्न सक्छन् । यही कुराको मद्यनजर गरेर विद्यालयले यस खालको कार्यक्रम गरीरहेको बताउनु हुन्छ यो विद्यालयका पूर्व व्यवस्थापन समिती अध्यक्ष तथा अहिलेका वार्ड २ का वार्ड अध्यक्ष प्रजापति सापकोटा । उहाँ यो विद्यालयको पूर्व विद्यार्थी समेत रहेकोले पहिले र अहिलेमा विद्यालय र विद्यार्थीको सोच र खोज नै फेरीएकाले समय मागलाई बुझेर अघी बढ्न सके मात्रै अव विद्यार्थीहरुले अवसर पाउने उल्लेख गर्नुभयो ।

 

विद्यार्थीमा नयाँ सोचको विकास गर्दै खोजमा लगाउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । आईटिका विद्यार्थीहरुलाई पढिसकेपछि देखाइने सम्भावनाले उनीहरुको भविष्य थप सुनिश्चित समेत हुने गर्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।