वैज्ञानिकहरूको नयाँ खोज, ऊर्जा अभावले बढ्न सक्छ डिमेन्सिया

अमेरिकामा गरिएको एक नयाँ अनुसन्धानले मस्तिष्कको ऊर्जा उत्पादन प्रणालीमा हुने गडबडीले डिमेन्सिया तथा स्मरणशक्ति कमजोर हुने समस्यामा प्रत्यक्ष भूमिका खेल्न सक्ने संकेत दिएको छ । अनुसन्धानकर्ताहरूले मस्तिष्कका कोशिकाभित्र रहेका‘माइटोकन्ड्रिया’लाई अस्थायी रूपमा सक्रिय बनाउँदा डिमेन्सियाग्रस्त मुसामा स्मरणशक्ति सुधारिएको बताएका छन् ।

वैज्ञानिक जर्नल नेचर न्यूरोसाइन्समा प्रकाशित अध्ययन अनुसार फ्रान्सको मर्म बोर्डो विश्वविद्यालयको न्यूरोसेन्टर माजेन्डी तथा क्यानडाको मोन्कटन विश्वविद्यालयका वैज्ञानिकहरूले संयुक्त रूपमा अनुसन्धान गरेका हुन् । अनुसन्धान टोलीले माइटोकन्ड्रियाको गतिविधि अस्थायी रूपमा बढाउने विशेष उपकरण विकास गरेको थियो । उक्त उपकरण प्रयोग गरेर न्यूरोडिजेनेरेटिभ रोग भएका जनावरमा मस्तिष्कको ऊर्जा उत्पादन प्रणाली सक्रिय पार्दा स्मरणशक्ति सुधारिएको देखिएको हो । वैज्ञानिकहरूका अनुसार यसले माइटोकन्ड्रियाको कमजोरी केवल रोगको परिणाम नभई डिमेन्सियाको प्रमुख कारणसमेत हुन सक्ने संकेत दिएको छ ।

माइटोकन्ड्रिया कोशिकाभित्र रहेको सानो संरचना हो, जसले शरीरलाई आवश्यक ऊर्जा उत्पादन गर्छ । मस्तिष्कले शरीरको धेरै ऊर्जा प्रयोग गर्ने भएकाले न्युरोनहरूबीच सूचना आदान–प्रदानका लागि पर्याप्त ऊर्जा आवश्यक पर्छ । जब माइटोकन्ड्रियाको कार्यक्षमता कमजोर हुन्छ, न्युरोनहरूले पर्याप्त ऊर्जा पाउँदैनन् र स्मरणशक्ति तथा सोच्ने क्षमतामा असर पर्न थाल्छ । अनुसन्धानकर्ताहरूले ‘मिटोड्रेड–सीए’ नामक कृत्रिम रिसेप्टर विकास गरी माइटोकन्ड्रियाभित्र रहेका जी–प्रोटिन सक्रिय गरेका थिए । यसले माइटोकन्ड्रियाको गतिविधि सामान्य अवस्थामा फर्काएको र डिमेन्सिया भएका मुसामा स्मरणशक्ति सुधारिएको अध्ययनमा उल्लेख छ ।

अध्ययनका सह–लेखक जियोभेनी मार्सिक्यानोले माइटोकन्ड्रियाको खराबी र न्यूरोडिजेनेरेटिभ रोगका लक्षणबीच प्रत्यक्ष सम्बन्ध प्रमाणित भएको बताए । उनका अनुसार माइटोकन्ड्रियाको कमजोरी न्युरोन नष्ट हुनुभन्दा अगाडि नै सुरु हुन सक्छ ।

यद्यपि अनुसन्धान हालसम्म जनावरमा मात्रै गरिएको भएकाले मानिसमा यसको प्रभावकारिता पुष्टि हुन बाँकी रहेको वैज्ञानिकहरूले बताएका छन् । दीर्घकालीन रूपमा माइटोकन्ड्रियालाई सक्रिय राख्दा रोगको गति सुस्त बनाउन वा न्युरोनको क्षति रोक्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको उनीहरूको भनाइ छ ।

हालसम्म अल्जाइमरजस्ता रोगमा ‘एमाइलोइड प्लाक’ र ‘टाउ ट्याङ्गल’लाई मुख्य कारण मानिँदै आएको थियो । तर पछिल्ला अध्ययनहरूले ऊर्जा उत्पादन, मेटाबोलिज्म, सूजन र कोशिकीय तनावलाई पनि डिमेन्सियाको प्रारम्भिक कारणका रूपमा हेर्न थालेका छन् । वैज्ञानिकहरूका अनुसार यो अनुसन्धानले डिमेन्सियाविरुद्धको उपचार खोजीमा नयाँ दिशा खोल्न सक्छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निजि क्षेत्र विना बालेन सरकार चल्दैन : श्रम मन्त्री

काठमाडौं,३२ असार। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ संशोधनका लागि रोजगारदाता र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।बिहीबार युवा, श्रम तथा

आत्महत्या दुरुत्साहन कानुनी व्यवस्था, चुनौती र सुधार

  -अधिवक्ता नविन खतिवडा आत्महत्या एक व्यक्तिगत त्रासदी मात्र नभएर यसको जरोमा सामाजिक, मनोवैज्ञानिक र कानुनी कारणहरू जेलिएका हुन्छन् । तर, त्योभन्दा पनि गम्भीर र

जापानीज राजदुतसँग शिक्षामन्त्रीको भेट, शिक्षामा जापनको सहयोग लिने

काठमाडौँ, ३२ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले बिहीबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–जापानबीचको

अमेरिकी राजदुतसग भेटेर उद्योग मन्त्रीले के के भन्नु भयो

काठमाडौँ, ३२,असार। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत (CDA) स्कट अर्बम (Scott Urbom) बीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का