पपुलिज्म कुनै दीर्घकालीन राजनीतिक विकल्प होइन : शंकर पोखरेल

काठमाडौं,३ जेठ । नेकपा एमालेका नेता शंकर पोखरेलले पपुलिज्म समाजवादको विकल्प हुन नसक्ने बताउनु भएको छ । उहाँले विचार धारासहितको सक्षम र लोकप्रिय नेतृत्वबिनाको राजनीति जनतालाई भ्रममा पार्ने माध्यम मात्र बन्ने दाबी गर्न भएको छ।

३३ औँ मदन आश्रित स्मृति दिवस तथा जनताको वहुदलीय जनवाद र युवा विषयक विमर्श कार्यक्रममा बोल्दै उहाँले समाज परिवर्तनका लागि वैचारिक स्पष्टता, राजनीतिक क्षमता र संगठनात्मक बल आवश्यक पर्ने बताउनु भयो ।

उहाँले भन्न्ु भयो, ‘समाज बदल्नका लागि विचारधारासहितको लोकप्रिय व्यक्ति, राजनीतिक र वैचारिक हिसाबले सक्षम व्यक्तिले मात्र त्यो अभिभारा पूरा गर्न सक्छ । त्यस अर्थमा पपुलिष्टको विकल्प विचारधारा भएको लोकप्रिय युवा आजको आवश्यकता हो ।’

उहाँले केवल लोकप्रियताका आधारमा विकल्प निर्माण हुन नसक्ने जिकिर गर्दै वैचारिक धरातल कमजोर भए पपुलिज्मको सिकार बन्ने खतरा रहने बताउनु भयो ।

‘यदि राजनीतिक, सांगठनिक र वैचारिक क्षमता नभए पनि पुग्छ, विकल्प भइन्छ भन्ने सोचमा जाने हो भने त्यो पपुलिज्मको सिकार बन्नु हो,’ उहाँले भन्न्ु भयो, ‘लोकप्रियता मात्रै पर्याप्त हुँदैन, समाजलाई सही दिशामा लैजान सक्ने वैचारिक शक्ति पनि आवश्यक हुन्छ ।’

पोखरेलले वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै अहिले राज्य सञ्चालनमै पपुलिष्ट शक्तिहरू रहेको बताउनु भयो । जनताले उनीहरूलाई परीक्षणको अवसर दिएको उल्लेख गर्दै उहाँले परिणामले नै वास्तविकता उजागर गर्ने दाबी गर्नु भयो ।

‘पपुलिष्टहरू नै राज्यको नेतृत्वमा छन् । जनताले हेरौँ है भनेर अवसर दिएका छन् । उनीहरूले कस्तो काम गर्छन् भन्ने कुरा समयले देखाउँछ,’ उहाँले भन्नु भयो, ‘तर पपुलिज्म कुनै दीर्घकालीन राजनीतिक विकल्प होइन । यो पूँजीवादी शक्तिहरूको रक्षा गर्ने माध्यम मात्र हो, समाजवादको बाटो होइन ।’

उहाँले पछिल्लो समय देशमा दल, नेता र राजनीतिक प्रणालीप्रति नकारात्मक धारणा निर्माण गरिएको उल्लेख गर्दै त्यसले वास्तविक उपलब्धिलाई ओझेलमा पारेको बताउनु भयो ।

उहाँले अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले सार्वजनिक गरेका अर्थतन्त्रसम्बन्धी विवरणको प्रसंग उल्लेख गर्दै गएको दशकमा नेपालमा उल्लेखनीय परिवर्तन भएको दाबी गर्नु भयो।

‘भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अर्थमन्त्री भएका स्वर्णिम वाग्ले जीले अर्थतन्त्रको चित्र सार्वजनिक गर्नुभयो । उहाँले गएको दशकमा के परिवर्तन भयो भन्ने कुरा देखाउन खोज्नुभयो,’ उहाँले भन्न्ु भयो, ‘त्यसपछि धेरैले टिप्पणी गरे आखिर गएको दशकमा यति धेरै काम भएका रहेछन् नि त ।’
उहाँले निराशा फैलाउने राजनीतिक प्रवृत्तिले नै विगत दशकको उपलब्धि स्वीकार गर्न बाध्य भएको बताउनु भयो।
‘जसले निराशाको खेती गर्यो, उसैले गएको दशकको यथार्थ स्वीकार गर्नुपर्यो,’ उहाँले भन्नु भयो, ‘देशमा पूर्वाधार, अर्थतन्त्र, सामाजिक क्षेत्र र विकासका विभिन्न आयाममा महत्वपूर्ण काम भएका छन् । त्यसलाई नकारेर मात्रै राजनीति गर्न खोजियो ।’

पोखरेलले गएको दशकको परिवर्तनको नेतृत्व नेकपा एमालेले गरेको दाबी गर्नुभयो । उहाँले राजनीतिक दल र नेताहरूप्रति योजनाबद्ध रूपमा अविश्वास सिर्जना गरिएको आरोपसमेत लगाउनु भयो ।

‘यस्तो प्रकारको मनोविज्ञान तयार गरियो कि पार्टीहरू खराब, नेताहरू खराब, सबै खराब भन्ने भाष्य निर्माण गरियो,’ उहाँले भन्न्ु भयो, ‘तर यथार्थमा गएको दस वर्षमा देशमा उल्लेखनीय परिवर्तन भएका छन् ।’

उहाँले पपुलिष्ट शक्तिहरूसँग ती परिवर्तनलाई निरन्तरता दिने क्षमता नरहेको जिकिर गर्नु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोटरसाइकल दुर्घटना,उपचारको क्रममा दुई जनाको मृत्यु

तनहुँ १८ असोज । तनहुँको भानु नगरपालिका(१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५

सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय नेतृत्वका लागि अन्सारी र मनोज साहबीच

शिक्षामन्त्री भन्नुहुन्छ,दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

कर्णाली १८ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दशौं खेलकुदको मूल आयोजक समितिको

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय