सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं,४ जेठ । रास्वपाका सांसद केपी खनालले दक्षिणमा भारत र उत्तरमा चीनको नाग्लाकोट नाकासम्म जोड्ने सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले १६ वर्षअघि सुरु गरिएको ३५९ किलोमिटर लामो सोती लोकमार्ग सडक निर्माणमा हालसम्म केवल करिब ५ प्रतिशत मात्रै भौतिक प्रगति हासिल गरेको बताउनु भएको छ ।

 

उहाँले भन्नुभयो, ‘दक्षिणमा भारत र उत्तरमा चीनको नाग्लाकोट सिमानासम्म जोड्ने ३५९ किलोमिटर सोती लोकमार्ग सडक १६ वर्ष भइसक्दा पनि भौतिक प्रगती पाँच प्रतिशत छ । १६ वर्ष अगाडि ३२ अर्ब लागत अनुमान गरिएको यो योजना आज २० अर्ब बढेर ५२ अर्ब पुगेको छ ।’

 

सुरुवातमा ३२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको योजना ढिलाइका कारण अहिले २० अर्बले बढेर ५२ अर्ब रुपैयाँ पुगेको बताउनु भयो ।

 

‘प्रधानमन्त्रीले भनेको बढिकालीका रामारोसन, खप्तड जस्ता प्रमुख पर्यटकीय गन्तव्य जान सहज बन्ने छ । त्यति मात्र नभइ यो सडक निर्माण भइसकेपछि यस त्रिपक्षीय व्यापार सहज हुनेछ । समग्र सुदुरपश्चिमको आर्थिक क्रियाकलाप झन् बढेर जान्छ,’ उहाँले भन्नु भयो ।

 

उहाँका अनुसार सोती लोकमार्ग निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक क्रियाकलाप अझ बढ्ने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोटरसाइकल दुर्घटना,उपचारको क्रममा दुई जनाको मृत्यु

तनहुँ १८ असोज । तनहुँको भानु नगरपालिका(१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५

सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय नेतृत्वका लागि अन्सारी र मनोज साहबीच

शिक्षामन्त्री भन्नुहुन्छ,दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

कर्णाली १८ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दशौं खेलकुदको मूल आयोजक समितिको

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय