रास्वपा मोरङका शासंदलाई बलत्कारको आरोप, पार्टीले गर्ला त कारबाही ?

बैदेशिक रोजगारीका क्रममा जापान बसेर फर्किएका ४० वर्षीय कृष्णकुमार कार्की रतुवामाइ नगरपालिकाका बासिन्दा हुन भने जेन जी आन्दोलन अघि स्वदेश फर्किएका कार्की आन्दोलनका क्रममा संविधान सभा भवन तोडफोडमा सहभागि भएका थिए।

पार्टीका वरिष्ठ नेता बालेन्द्र साहपक्षधर रहेका उनले सभापति रवि लामिछानेविरुद्धमा सामाजिक सञ्जालमा आलोचना गर्दै आएका थिए तर उहाँ त्यही रवी लामिछानेको पाटीबाट चुनाबमा उठे र जनताले परिवर्तन खोजेका थिए सोही भिडमा उनी पनि परे र अनत्यमामा जित पनि हासिल गरे
आज तनिै शासंद जो एउटी बिदेशि महिलालाई बलात्कार गरेर सम्पर्क बिहिन भएका छन् अब प्रश्न उठ्छ ?

सुशासन,भ्रष्टाचार नियन्त्रण शून्य सहनशीलतामा टेकेर बनेको सरकार अब आफ्नो सासंदको यस्तो हर्कतलाइ कस्तो कारबाही गर्ला त्यो भने चाखोको बिषय बनेको छरु

कार्कीले एक विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको पाइएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित उनी नाइजेरियन महिलालाई गर्भवती बनाएर बेपत्ता भएका हुन् । गर्भवती अवस्थामा रहेकी २६ वर्षीया रिता अजुकोले आफूसँग खाने पैसासमेत नभएको गुनासो पोखेकी छन् ।

आफू गर्भवती भएको जानकारी पाएपछि कार्की सम्पर्कविहिन बनेको उनको भनाइ छ । ठमेल बस्दै आएकी अजुको र कार्की लिभिङ्ग रिलेसनशीपमा थिए । उनका अनुसार आफ्नो चाहना नहुँदाहुँदै पनि कार्कीले शारीरिक सम्बन्ध राखेका हुन् । गर्भवती भएको थाहा पाएपछि अजुकोले गर्भपतन गर्ने बताएकी थिइन् । तर,कार्कीले त्यसो गर्न दिएनन् । त्यसपछि उनले ‘यस्तो कुरा नगर,मलाई रुन मन लाग्छ’ लगायतका म्यासेज पठाएर र इमोशनल्ली ब्ल्याककमेल गरेर गर्भ फाल्नबाट रोके । आफू बुवा बन्न लागेको थाहा पाएर धेरै खुशी भएकोलगायत उनले लेखेको म्यासेजहरु जनआस्थाले फेला पारेको छ । कार्कीले अजुकोलाई आफ्नो ढाडमा बोकेर हिँडेको,ड्राइभिङ सिकाएकोलगायतका भिडियोहरु पनि भेटिएको छ । उनले अजुकोलाई ‘माई वाइफ,माई लाइफ’,‘माई लभ’ लेखेको म्यासेजहरु पनि छन् । अस्पतालमा पतिको नाम कृष्ण कार्की नै लेखिएको छ । आफ्नी श्रीमती भन्ने उनी अजुकोको पेट बढ्दै गएपछि टाढिए । फोन उठाउन र म्यासेजहरुको रिप्लाई गर्न छोडे । त्यसपछि अजुकोले नेपालमा भएको साथीलाई सम्पर्क गरिन् । पहिले आफूलाई बच्चा राख भनेको र जिम्मेवारी लिने समय आएपछि भागेको उनको आरोप छ । डेलिभरी हुने दिन नजिकिएपछि अजुको तनावमा छिन् । आफ्नो सन्तानलाई कसरी पाल्ने भन्ने चिन्ताले उनलाई सताएको छ । क्षेत्रपाटी फ्रि क्लिनिकमा उपचार गराइरहेकी उनले आफ्नो र बच्चाको पालनपोषण कार्कीले गर्नुपर्ने बताएकी छिन् । यसबारे जनआस्थाले सांसद कार्कीको प्रतिक्रिया लिएको थियो । तर,उनी आफू बैठकमा भएको भन्दै पन्छिए ।

भने,‘म मिटिङ्गमा छु । अहिले कुरा गर्न मिल्दैन ।’ कार्की तिनै व्यक्ति हुन्,जो भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा सिंहदरबार जलाउन गएका थिए । रतुवामाई नगरपालिकाका उनले सुरक्षाकर्मीको हतियार खोसेर सिंहदरबारअगाडि अर्धनग्न प्रदर्शन गरेको तस्बिर र भिडियो अहिले पनि सामाजिक सञ्जालमा भाइरल छ । देशको ऐतिहासिक धरोहर जलाउन गएको व्यक्तिलाई माननीय बनाएको भन्दै रास्वपाको चर्को आलोचना पनि भएको थियो । उनी गुण्डा नाइके दिनेश अधिकारी ९चरी० को ग्याङ्गमा थिए । प्रहरीको इन्काउन्टरमा अधिकारी मारिएपछि जापान भास्सिए । लामो समय जापान बसेर नेपाल फर्किएका उनी प्रदर्शनमा सिंहदरबार जलाउन पुगे । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाबाट टिकट पाए र जिते । अहिले फेरि विवादमा तानिएका छन् ।

संसद बैठक बसिरहेको छ,रास्वपाले माननीयहरुलाई होटल र स्टाफ कलेजमा भेला गरेर अनुशासनको तालिम पनि दिइरहेकै छ । यस्तोमा पुराना सबै खराब,हामी मात्रै ठीक भनी जनतामा आशा जगाएका नयाँ भनिनेहरु नै यतिसम्म गलत धन्दामा लाग्दा सभामुख,सभापति,प्रधानमन्त्री र मतदातालाई कस्तो लाग्दो हो यो समाचारलाई शब्दमात्र मिलाई दिनु

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तस्करी नियन्त्रण र फरार अपराधी पक्राउमा रौतहट प्रहरीलाई ठूलो सफलता

रौतहट,४ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो एक महिनाको अवधिमा अपराध नियन्त्रण, भन्सार छली, तस्करी रोकथाम तथा फरार प्रतिवादी पक्राउ अभियानमा उत्साहजनक सफलता हासिल

रौतहटमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, दुई बालक घाइते

रौतहट,४ जेठ । रौतहटको परोहा नगरपालिका–६ बसन्तपट्टी चौकमा सोमबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्

साथीको रिहाइ माग गर्दै कलैयामा किन्नर समूह र प्रहरीबीच झडप

रौतहट,५ जेठ । बाराको सदरमुकाम कलैयामा यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समूदायका व्यक्ति एवम किन्नरहरुबीचको आपसी विवादले उग्ररूप लिँदा जिल्ला प्रहरी कार्यालय अगाडिको क्षेत्र केही समय

मधेश प्रदेशमा एकै पटक १९ खेलको प्रदेश स्तरीय प्रतियोगिता सुरु

जनकपुर,४ जेठ । मधेश प्रदेशमा पहिलो पटक एकसाथ १९ वटा खेलको प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । मेधश प्रदेश सरकार अन्तर्गतको मधेश खेलकुद परिषद्, जनकपुरद्वारा

रास्वपा मोरङका शासंदलाई बलत्कारको आरोप, पार्टीले गर्ला त कारबाही ?

बैदेशिक रोजगारीका क्रममा जापान बसेर फर्किएका ४० वर्षीय कृष्णकुमार कार्की रतुवामाइ नगरपालिकाका बासिन्दा हुन भने जेन जी आन्दोलन अघि स्वदेश फर्किएका कार्की आन्दोलनका क्रममा संविधान

अदालतको बीमापोष्ट हटाउने आदेशप्रति पत्रकार संघको आपत्ति

काठमाडौं,४ जेठ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले जिल्ला अदालत काठमाडौंले अनलाइन सञ्चार माध्यम बीमापोष्ट डटकमविरुद्ध जारी गरेको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ