प्रेस स्वतन्त्रता कुष्ठित गर्न कसैले पनि सक्दैन : सञ्चारमन्त्री

काठमाडौं ,६ जेठ। सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरेको अधिकार भएकाले कसैले पनि त्यसलाई कुण्ठित गर्न नसक्ने बताउनु भएको हो ।

उहाँले भन्नु भयो, ‘प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध छ । यो कोही सरकारको एउटा व्यक्तिले होइन की संविधानले दिएको अधिकार हो । यो अधिकार सुरक्षित छ, आज, भोलि र पर्सी कसैले पनि यो अधिकार कुष्ठित गर्न सक्दैन, हनन गर्न सक्दैन । तर प्रेस स्वतन्त्रता भनेको स्वछन्दता भने होइन । प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता पनि आउँछ । राज्यले व्यवस्थाले एउटा महत्वपूर्ण अंगको रुपमा स्विकारेको एउटा महत्वपूर्ण क्षेत्रले आफ्नो ओजलाई, आफ्नो गरिमालाई कायम गर्ने गरि कार्य गर्दाखेरि सरकारले चाहेर पनि प्रेस स्वतन्त्रताको विरुद्धमा केही गर्न नसक्ने व्यवस्थाका बीचमा हामी छौं ।’

उहाँले प्रेस स्वतन्त्रता स्वच्छन्दता नभएको उल्लेख गर्दै प्रेससँग जवाफदेहिता र मर्यादा पनि जोडिएको धारणा राखे । पत्रकारिता क्षेत्रले आफ्नो गरिमा र सीमालाई कायम राख्दै काम गरे सरकारले चाहेर पनि प्रेस स्वतन्त्रताविरुद्ध कुनै कदम चाल्न नसक्ने उहाँको भनाइ थियो ।
मन्त्री तिमिल्सिनाले पत्रकारिता जगतलाई आफ्नो मर्यादा र जिम्मेवारीलाई ध्यानमा राखेर ढुक्कसँग काम गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नु भयो, हामीले प्रेसले आफ्नो गरिमा र सीमालाई कायम राख्न सक्नुपर्छ, प्रेसले आफ्नो गरिमा र सीमालाई कायम गर्दा सरकारले चाहेर केही गर्न सक्दैन । त्यसकारण गरिमा र सीमालाई ख्याल गरेर ढुक्क भएर काम गर्न म पत्रकारिता जगतलाई आग्रह गर्दछु ।’

त्यसैगरी, उहाँले प्रेसलाई नियन्त्रित गर्ने सरकारको कुनै मनसाय नरहेको स्पष्ट पार्दै प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई थप सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । मन्त्री तिमिल्सिनाले सरकारको नीति तथा कार्यक्रम तथा बजेटका प्राथमिकतासम्बन्धी सांसदहरूले दिएका सुझाव र उठाएका प्रश्नलाई गम्भीरतापूर्वक मनन् गरिने विश्वाससमेत व्यक्त समेत गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोटरसाइकल दुर्घटना,उपचारको क्रममा दुई जनाको मृत्यु

तनहुँ १८ असोज । तनहुँको भानु नगरपालिका(१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५

सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय नेतृत्वका लागि अन्सारी र मनोज साहबीच

शिक्षामन्त्री भन्नुहुन्छ,दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

कर्णाली १८ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दशौं खेलकुदको मूल आयोजक समितिको

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय