वडाध्यक्ष घोषणा

स्थानीय तहको निर्वाचन, कमल ५ मा राम थापा वडाध्यक्षका उम्मेद्वार (भिडियोमा हेरौ)

ram-thapa-kamal-ujyaalo-kha

दमक/
नाम : राम बहादुर थापा (बाबुराम)
पेषा : ट्याक्सी ड्राईभर
उमेर : ३३ वर्ष
शैक्षिक योग्यता : कक्षा नौ पास
संघ सस्थामा आवद्ध : नेपाल यातायात मजदुर सघंको साधाराण सदस्य, हलुका यातायत व्यवसायीसघं साधरण सदस्य, दृष्टिकोण यूवा क्लवको अध्यक्ष, केर्खा पत्रकार मञ्चको पूर्व सचिव ।
राजनैतिक यात्रा : शहिद धर्मभक्त मावि अनेरास्ववियू कमिटीको प्ररम्भिक अध्यक्ष (२ वर्ष), अनेरास्ववियू जिल्ला भेलाको प्रतिनिधी, १४ वर्ष नेकपा माओवादी केन्दको पार्टि सदस्य, साविक लखनपुर गाविसको वाइसिएलको अध्यक्ष, स्थानीय तह बनेपछि कमल गाउँपालिकाको वाइसिएलको सचिव , एमाले र माओवादि एकता भएपछि नेकपाको कमल गाउँपालिका वडा नं ५ को सदस्य, २ वर्ष अघी नेपाल समावेशी पार्टिको केन्द्रिय सदस्य ।-

उल्लेखीत योग्यता भएका यूवा हुन राम थापा (बाबुराम) । यूवा जोस र जाँगरका यूवा कमल गाउँपालिका वडा नं ५ को क वडाध्यक्षको उम्मेद्वार बन्नु भएको छ । विभिन्न पार्टिमा लागेर संघर्ष गर्दै आउनु भएका थापा अन्य पार्टिबाट परिवर्तन नहुने देखेपछि अहिले नेपाल समावेशी पार्टिमा लाग्नु भएको छ । यो पार्टिबाट नै देशमा समृद्धि आउँछ भन्ने विस्वासका साथ उहाँ साविक एमाले र मावोवादी तथा पछिल्लो समय नेकपा पार्टि परित्याग गरेर समावेशी पार्टिमा लाग्नु भएको हो ।

यहि पार्टिबाट थापा कमल गाउँपालिकाको वडा नं ५ को वडाध्यक्ष बन्नु भएको छ । यूवाको जोस र जाँगरले भरिएका थापाले वडालाई समृद्ध र समान विकास गराउन आफ्नो उम्मेद्वारी दिइएको उहाँले उज्यालो खवरसँगको संक्षीप्त कुराकानीमा बताउनु भयो ।

अहिले भएको विकास राजनैतिकल दलले आफ्ना कार्यकर्ता र आफन्त केन्द्र्ति मात्रै गरेको भन्दै उहाँले समावेशी विकासका लागि आफ्नो उम्मेद्वारी रहेको उल्लेख गर्नु भयो ।

नेपाल समावेशि पार्टिले आगामी स्थनिय तहको चुनावकालागि उम्मेद्वार घोषणा गरेको छ ।

‘वडामा समान विकास र सबै क्षेत्रमा समावेसी अधिकार स्थापीत गराउन आफुले उम्मेद्वारी दिएको हु ।’ थापाले बताउनु भयो । यहाँ रहेका उत्पीडनमा रहेका वर्गहरुको उत्थानका लागी आफुले काम गर्ने थापाले उद्धघोष गर्नु भएको छ ।

यस्तै नेपाल समावेशी पार्टिले यो वडाको महिला वडासदस्यमा पनि उम्मेदवारी घोषणा गरिएको छ । २४ वर्षीया सुप्रीया ओझा बजगाईलाई महिला वडा सदस्यको उम्मेद्वार बनाइएको पार्टिका प्रदेश अध्यक्ष तथा केन्द्रिय सदस्य चन्द्रविर लिम्बु(माङ्गलाक)ले जानकारी दिनुभयो ।

ब्यूटिसियनको पेषामा आवद्ध ओझाले वडामा भएका महिला हिंसा बन्त्य गर्न आफुले उम्मेद्वारी दिइएको जानकारी दिनुभयो ।

पार्टिले आगामी स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गतेका लागि पहिलो पटक उम्मेद्वार झापाको कमलमा गरेको पनि उहाँले जानकारी दिनुभयो ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन