बाल अधिकार र संरक्षणप्रति राज्य संवेदनशील हुनुपर्नेमा मगरको जोड

काठमाडौं,७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै मगरले अघिल्लो सरकारले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय गरेको भन्ने विषय सार्वजनिक रूपमा सुनिँदै आएको उल्लेख गर्नुभयो ।

उहाँले बाल अधिकार संरक्षण, बालबालिकाको हकहित तथा संस्थागत निरन्तरताजस्ता संवेदनशील विषयलाई ध्यानमा राख्दै स्पष्ट वैकल्पिक संरचना र प्रभावकारी व्यवस्था सुनिश्चित नभएसम्म उक्त निर्णय कार्यान्वयन नगर्न सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले भनिन्, ‘राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने सम्बन्धमा अघिल्लो सरकारले निर्णय गरेको भन्ने विषय सार्वजनिक रुपमा सुनिँदै आएको छ । बाल अधिकार संरक्षण, बालबालिकाको हकहित तथा संस्थागत निरन्तरता जस्ता संवेदनशिल विषयलाई मध्यनजर गर्दै कुनै पनि स्पस्ट बैकल्पिक संरचना तथा प्रभावकारी व्यवस्था सुनिश्चित नभएसम्म उक्त निर्णय तत्काल कार्यानवयन नगर्न नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । साथै यस विषयमा सरोकारवालाहरुसँग व्यापक परामर्श गरी पुर्नविचार गर्न सरकार समक्ष आग्रह गर्दछु ।’

सांसद राना मगरले यस विषयमा सरोकारवालासँग व्यापक परामर्श गरी निर्णय पुनर्विचार गर्न पनि सरकारसमक्ष अनुरोध गर्नुभयो ।
उहाँले बालबालिकालाई समाजको सबैभन्दा कमजोर र आवाजविहीन वर्गको रूपमा उल्लेख गर्दै उनीहरूको अधिकार र संरक्षणप्रति राज्य संवेदनशील हुनुपर्ने धारणा राख्नुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोटरसाइकल दुर्घटना,उपचारको क्रममा दुई जनाको मृत्यु

तनहुँ १८ असोज । तनहुँको भानु नगरपालिका(१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५

सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय नेतृत्वका लागि अन्सारी र मनोज साहबीच

शिक्षामन्त्री भन्नुहुन्छ,दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

कर्णाली १८ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दशौं खेलकुदको मूल आयोजक समितिको

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय