हिमालमा थुप्रिएको फोहोर र शवप्रति सांसदहरूको चिन्ता

काठमाडौं,१२ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ । मंगलबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उक्त प्रस्ताव प्रस्तुत गर्नु भएको थियो। विधेयकमाथिको सामान्य छलफलमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले नेपालको संविधानले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार मानेको बताउनु भएको छ।

 

उहाँले भन्नु भयो, ‘नेपालको संविधानले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार मानेको छ । हिमाल, पहाड र तराईको जैविक विविधता, भाषा, संस्कृति र धार्मिक सम्पदाहरु हाम्रो पहिचान मात्र हैन, समृद्ध नेपालको बलियो आर्थिक आधार पनि हो । विडम्बना, हामीसँग अथाह सम्भावनाहरु हुँदाहुँदै पनि पर्यटन क्षेत्रहरु अझै व्यवस्थित, प्रतिस्पर्धी बन्न सकेको छैन ।’ यस्तै सांसद सुशिल खड्काले पर्यटन विधेयक, २०८१ लाई पूर्ण समर्थन जनाउँदै हिमाल आरोहणसँगै बढ्दो फोहोर व्यवस्थापनप्रति चिन्ता व्यक्त गर्नु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘अहिले हिमाल आरोहणको मौसम छ । योसँगै सगरमाथा लगायतका हिमालहरुमा चढ्न, चढाउन र रेकर्ड तोड्ने प्रतिस्पर्धा पनि छ । एकैदिन २७४ जनाले सगरमाथामा विजय हासिल गरे र १ अर्ब बढी रोयल्टी उठ्यो भनी उत्सव मनाइरहेका छौं । तर धेरै मान्छे चढ्नु भनेको धेरै फोहोर जम्मा हुनु हो र १ सयको कमाइ हुँदा नेपालमा रहने जम्मा ५ देखि १० रुपैयाँ मात्र हो । त्यो पनि पाखुराको कमाइ ।’ उहाँले हिमालजस्तो जलवायु संवेदनशील क्षेत्रमा फोहोर व्यवस्थापनमा पर्याप्त ध्यान नदिइएको उल्लेख गर्दै भन्नु भयो, ‘अध्ययनले भन्छ अहिले पनि सगरमाथा लगायत हिमालमा २ हजारदेखि २५ सय टन फोहोर र ४ सय बढी लास छन् । एक किलो फोहोर उठाउन कम्तिमा ४ हजार रुपैयाँ र एउटा लास उठाउन एक करोड बढी खर्च लाग्दछ ।’

 

त्यसैगरी सांसद जगदीश खरेलले संसद अवरोध गरिरहेका विपक्षी दलप्रति प्रश्न उठाउनु भएको छ।
उहाँले भन्नु भयो, ‘आधा शताब्दी भएछ पर्यटन सम्बन्धी ऐन नबनेको । ४८ वर्षदेखि बन्न नसकेको ऐन हामी बनाउने प्रक्रियामा अगाडि बढिराख्दा एउटा प्रधानमन्त्री उपस्थित हुने वा नहुने कुराले यो ऐन बनाउने प्रक्रियालाई हलो अड्काउन मिल्दैन । संसद विपक्षीहरुले अवरोध गर्ने थलो त हो, तर संसद कानुन बनाउने थलो पनि हो ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले