चोरी–पैठारी बढ्दै

झापामा नाकामा खटाइेका सुरक्षाकर्मी सँगको सेटिङमा चोरी–पैठारी बढ्दै

झापा/ झापाका विभिन्न नाकाबाट तस्करी हुँदै आइरहेको छ । जिल्ला तथा इलाका सुरक्षाकर्मीलाई खुसी पारेर दैनिक लाखौँ रुपैयाँ मूल्य बराबरको अवैध तरिकाबाट सामान आयात–निर्यात हुँदै आइरहेको छ ।

चोरी–पैठारी नियन्त्रण गर्दै राजस्व चुहावट रोक्ने र सीमा क्षेत्रमा हुने अन्य आपराधिक क्रियाकलाप निस्तेज पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगैै सङ्गठनका सादा पोसाकमा प्रहरी परिचालन गरे पनि नियन्त्रण हुन सकेको छैन । नेपाल–भारतबीच रहेका खुला नाकाका कारण झापाको केचना हुँदै जलथल, ज्ञाने चोक झोलुङ्गे पुल, डाँगीबारी–४ स्थित धरधरिया बाँसझ्याङ, भक्सरभिट्टा, भद्रपुरको मेची पुल, नरसिंह चिया बगान, ज्यामिरगढीको बाटोबाट सामान नेपाल आउने गरेको छ ।

त्यसैगरी भद्रपुरबाट नेपाल लिभरका सामान, चुरोट, हजमोला भारत पठाउँदै आइरहेका छन् । तस्करीमा संलग्न भद्रपुर, डाँगीबारीका कारोबारीले स्थानीय सुरक्षाकर्मीले खटाएका सादा पोसाकका कर्मचारीमार्फत् लाइन मिलाएको एक कारोबारीले दाबी गरे । उता काँकडभिट्टाको मेची भन्सारदेखि केही दक्षिणमा रहेको चिया बगानबाट सुपारी, मरिच र छोगडा भारत पठाउने गरेको पाइएको छ भने सोही क्षेत्रको तिरिङ, नकलबन्दा नाकासमेत प्रयोग हुँदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको