३६० वस्तुमा लागि आएको अन्तशुल्क खारेज गरेको छु : वाग्ले

काठमाडौं,१४ जेठ । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट भाषण प्रस्तुत गर्नुभएको छ । संघीय संसद्को संयुक्त बैठकमा वाग्लेले बजेट पेश गरिराख्नु भएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत कर प्रणालीमा व्यापक सुधार गर्दै उद्यम व्यवसायलाई राहत दिने घोषणा गर्नु भएको छ ।
वाग्लेले मध्यम वर्गको विस्तार र समग्र अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यले करका दर तथा भन्सार प्रणालीमा पुनरावलोकन गरिएको बताउनु भएको हो ।
उहाँले करको बोझ घटाउन आयकर छुटको सीमा दोब्बर बनाइएको जानकारी दनु भयो । अब व्यक्तिका लागि आयकर छुटको सीमा १० लाख रुपैयाँ पु¥याइएको छ । साथै व्यक्तिगत आयकरको अधिकतम दर १० प्रतिशत विन्दुले घटाइएको उहाँले बताउनु भयो ।
उहाँले भन्न्ुा भयो, ‘आर्थिक वर्ष २०८३,८४ को बजेट मार्फत बसाल्न खोजिएको थिती, र सर्वाङ्गणी विकासको जगसँग सम्बन्धित केही उल्लेखित सुधारहरु घोषणा गर्दछु । उद्यम व्यवसायलाई राहत, मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशिल बनाउन करका दरमा वृहत्त पुनरावलोकन गरेको छु । करको बोझ घटाउन, आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि १० लाख रुपैयाँ पुर्याएको छु । व्यक्तिगत आय करको अधिकतम दरलाई १० प्रतिशत विन्दुले घटाएको छु । औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तिमा एक तह न्यून हुनेगरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु । विद्यमान ११ तहको भन्सार दरलाई ७ तहमा सिमित गरेको छु । हाल ३६० वस्तुमा लागि आएको अन्तशुल्क खारेज गरेको छु ।’
अर्थमन्त्री डा।वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महशुल तयारी मालवस्तुभन्दा कम्तीमा एक तह कम हुनेगरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको घोषणा गर्नु भयो ।
त्यसैगरी, विद्यमान ११ तहको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको उहाँले जानकारी दिनु भयो ।
बजेटमार्फत हाल ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क पनि खारेज गरिएको अर्थमन्त्री वाग्लेले बताउनु भयो ।
उहाँले आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत आर्थिक सुधार, लगानी प्रवद्र्धन तथा सर्वाङ्गीण विकासको आधार निर्माण गर्ने उद्देश्य राखिएको उल्लेख गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न

काठमाडौं १७ असार ।  नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ । करिब

झापामा मकै उत्पादनमा ठूलो गिरावट

झापा, १६ असार । धानपछि दोस्रो मुख्य खाद्यान्न बालीका रूपमा रहेको मकैको उत्पादनमा यस वर्ष झापामा ठूलो ह्रास आएको छ। विगत तीन वर्षको तुलनामा यस

राष्ट्रपतिद्धारा रोटरी को तारिफ

काठमाडौं,१७ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताउनु भएको छ ।

दलहरु संघीयताप्रति इमान्दार भएनन् : उपेन्द्र यादव

काठमाडौं,१७ असार । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको

सरकारको हस्तक्षेपले एन्फा प्रतिबन्धमा पर्यो :ओली

काठमाडौं,१६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदले समाजको शारीरिक तथा मानसिक स्वास्थ्य, सभ्यता, संस्कृति र समग्र विकासको स्तर प्रतिबिम्बित गर्ने महत्वपूर्ण माध्यम

मन्त्री रावल, मधेशका मुख्यमन्त्री र सांसद रहबर अन्सारीबीच छलफल

काठमाडौं, १६ असार । स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री