थप अनुसन्धान जारी

लेटाङ घटनामा थप २१ जना पक्राउ

 

 

विराटनगर — लेटाङ घटनामा संलग्न भएको आशंकामा मोरङ प्रहरीले बिहीबार थप २१ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । यसअघि प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको थियो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनामा संलग्नको नाम पछि सार्वजनिक गरिने बताए । अनुसन्धानका लागि नियन्त्रणमा लिएका केहीलाई दोषी नदेखिएपछि सम्पर्कमा रहने सर्तमा छाडेको छ । उक्त घटना पछि लगाइएको कर्फ्यु बिहीबारदेखि हटाएको छ ।

खेरुवास्थित शिक्षा विकास माध्यामिक विद्यालयका यौन र्दूब्यवहार आरोपी शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि उत्तेजित भीडले आइतबार आक्रमण गर्दा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । त्यस पछि भडकिएको हिंसालाई नियन्त्रण लिन प्रशासनले सोमबारदेखि कर्फ्यु लगाएको थियो ।

अवस्था सामान्य हुँदै गएको र दैनिक सुरक्षा पेट्रालिङ गर्ने गरी कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनका अनुसार लेटाङ र आसपासका क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । आइतबारदेखि ठप्प रहेको उक्त विद्यालयको क्षतिको आकलन गरी चाँडै शैक्षिक गतिविधि सुरु गर्ने प्रक्रिया सुरु गरिएको दाहालले बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो