थप अनुसन्धान जारी

लेटाङ घटनामा थप २१ जना पक्राउ

 

 

विराटनगर — लेटाङ घटनामा संलग्न भएको आशंकामा मोरङ प्रहरीले बिहीबार थप २१ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । यसअघि प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको थियो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनामा संलग्नको नाम पछि सार्वजनिक गरिने बताए । अनुसन्धानका लागि नियन्त्रणमा लिएका केहीलाई दोषी नदेखिएपछि सम्पर्कमा रहने सर्तमा छाडेको छ । उक्त घटना पछि लगाइएको कर्फ्यु बिहीबारदेखि हटाएको छ ।

खेरुवास्थित शिक्षा विकास माध्यामिक विद्यालयका यौन र्दूब्यवहार आरोपी शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि उत्तेजित भीडले आइतबार आक्रमण गर्दा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । त्यस पछि भडकिएको हिंसालाई नियन्त्रण लिन प्रशासनले सोमबारदेखि कर्फ्यु लगाएको थियो ।

अवस्था सामान्य हुँदै गएको र दैनिक सुरक्षा पेट्रालिङ गर्ने गरी कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनका अनुसार लेटाङ र आसपासका क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । आइतबारदेखि ठप्प रहेको उक्त विद्यालयको क्षतिको आकलन गरी चाँडै शैक्षिक गतिविधि सुरु गर्ने प्रक्रिया सुरु गरिएको दाहालले बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले