दलित समुदायको सम्मान र न्याय सुनिश्चित गर्न राज्य प्रतिबद्ध छः सभामुख अर्याल

काठमाडौं,२१ जेठ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले विभेदमुक्त समाज निर्माणको संकल्पलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नु भएको छ । बिहीबार आयोजित जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको कार्यक्रममा बोल्दै समाजमा अझै पनि जातीय विभेद, छुवाछूत, सामाजिक बहिष्कार, आर्थिक पछौटेपन तथा अवसरबाट वञ्चित हुने अवस्था कायम रहेको बताउनु भएको छ ।
उहाँले नेपालको इतिहासमा यो दिवस सामाजिक विभेदका अन्धकार पक्षहरूलाई चिर्दै समानता र उज्यालोतर्फ उन्मुख हुने महत्वपूर्ण कोसेढुङ्गा भएको उल्लेख गर्नु भएको छ।

 

उहाँले भन्नु भयो, ‘आजको दिन नेपालको सामाजिक न्याय, समानता र मानवीय मर्यादाको यात्रामा ऐतिहासिक महत्त्व बोकेको दिन हो । इतिहासको पाना पल्टाउँदा यस दिन विभेद जन्य पक्षहरूलाई चिर्दै उज्याले तर्फ उन्मुख हुने यात्राको एक कोषे ढुङगा हो । यो दिवसले हाम्रो समाज अझै पनि जातीय विभेद, छुवाछुत, सामाजिक बहिष्कार, आर्थिक पछैटेन र अवसरबाट बन्चित हुने पिडा व्याप्त छ ।’ उहाँले दलित समुदायले शताब्दीयौंदेखि भोग्दै आएको पीडा गहिरो र जटिल रहेको उल्लेख गर्दै दिवस इतिहास सम्झिने मात्र नभई बाँकी रहेका विभेद, अन्याय र बहिष्करण अन्त्य गर्ने साझा प्रतिबद्धता दोहो¥याउने अवसर पनि भएको बताउनु भएको छ ।

 

‘सताब्दीँ देखि दलितले भाक्दै आएको यो पिडा सहन र जटिल छ । आजको दिन इतिहास सम्झने मात्र होइन । अझै बाकि रहेको विभेद अन्याय र बहिष्करणको अन्त्य गदै अन्त्य गर्ने हाम्रो साझा प्रतिबद्धता दोह¥याउने दिन समेत हो,’ उहाँले भन्नु भयो । उहाँले दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित गर्न राज्य प्रतिबद्ध रहेको स्पष्ट पार्दै जातीय विभेद तथा छुवाछूतको अन्त्य कुनै एक निकायको जिम्मेवारी मात्र नभएको बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु