अत्यधिक गर्मीले दमककाे जनजीवन प्रभावितः बजारमा घट्याे चहलपहल

दमक,२१ जेठ । विगत केही दिनदेखि पूर्वका विभिन्न भू–भागसँगै झापाको दमकमा पनि गर्मी अत्यधिक बढेको छ। बिहानैदेखि लाग्ने चर्को घाम र तातो हावाका कारण दमक बासीको दैनिक जनजीवन कष्टकर बन्दै गएको छ। दिउँसोको समयमा घरभित्र बस्न पनि नसकिने र बाहिर निस्कनै नसकिने अवस्था सिर्जना भएको छ। गर्मीका कारण दमक बजारमा मानिसहरूको चहलपहल घटेको छ भने यसको प्रत्यक्ष असर स्थानीय व्यापार व्यवसायमा समेत देखिन थालेको छ।

बिहानको सूर्योदयसँगै दमकमा सुरु हुन्छ, रापिलो घामको राँको। मध्यान्हसम्म आइपुग्दा तापक्रम यसरी बढ्छ कि सडक र बजार क्षेत्र मरुभूमि जस्तै सुनसान देखिन थाल्छन्। चर्को घाम र तातो हावाका कारण बाटोमा हिँड्ने यात्रु, दैनिक ज्यालादारी गर्ने मजदुर, सडक किनारका व्यापारीदेखि घरभित्र बस्ने साना बालबालिका र वृद्धवृद्धासम्म सबैभन्दा बढी प्रभावित भएका छन्। अचेल दमकमा बिना छाता घरबाहिर निस्कन सक्ने अवस्था नै छैन।
यो मौसम विशेष गरी चिसो पेय पदार्थ, जुस, फलफूल र आइसक्रिमको व्यापार फस्टाउने समय हो। तर, यसपटक अत्यधिक गर्मीकै कारण मानिसहरू घरबाहिर ननिस्कँदा यी व्यवसायीहरू पनि मर्कामा परेका छन्।

दमकको चोक र सडक किनारमा एउटा छाताको ओत लागेर उखुको जुस बेचिरहनु भएका मनि लाल दास ग्राहकको पर्खाइमा हुनुहुन्छ। “गर्मीमा जुसको व्यापार राम्रो हुनुपर्ने हो, तर घाम यति चर्को छ कि मान्छे बाहिर निस्कनै सक्दैनन्। दिउँसोभरि कुर्नुपर्छ, बेलुकापख अलिअलि मात्र व्यापार हुन्छ। हामीले ग्राहकको स्वास्थ्यलाई हेरेर सफा र अर्गानिक जुस बेचिरहेका छौँ।“ ठेलामा आकर्षक र ताजा फलफूल सजाएर बस्नु भएको फलफूल व्यवसायी नरसाद आलमको अवस्था पनि फरक छैन। बिहानदेखि बेलुकासम्म ठेला रुर्ङे बस्दा पनि सोचेजस्तो व्यापार नभएको र दिउँसोको समयमा घाम तापेर बस्नुको विकल्प नभएको उहाँ बताउनुहुन्छ।

 

गर्मी बढ्दा मानिसहरूले बढी खोज्ने अर्को चिज हो– आइसक्रिम। तर, अचेल गल्ली–गल्लीमा आइसक्रिमको ठेला डुलाउँदा पनि व्यापार नभएको अनुभव सुनाउनुहुन्छ प्रताप शाह। आधुनिक क्याफे र पसलहरूमा भित्रै बसेर एसीको हावा खाँदै आइसक्रिम खाने चलन बढेकाले र सर्वसाधारण घाममा निस्कन नचाहेकाले दैनिक गुजारा चलाउनै समस्या हुन थालेको उहाँको भनाइ छ। चर्को घामबाट बच्न दमकका कतिपय स्थानीयहरू रुखको शीतल छहारी खोज्दै समय बिताउने गर्छन्। रुखको फेदमा बसेर फलफूल खाँदै गर्मी छल्न खोज्नुभएका स्थानीय हरि प्रसाद न्यौपाने घरभित्र बस्न पनि उकुसमुकुस हुने र बाहिर निस्कँदा ओठ–मुख सुक्ने समस्या भएको बताउनुहुन्छ।

 

गर्मीको यो प्रकोप दमकमा मात्र होइन, यतिबेला देशैभरि बढ्दो क्रममा छ। भर्खरै सुरु भएको यो गर्मीको मौसममा मौसमबाट भागेर भन्दा पनि उचित सतर्कता अपनाएर आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै सबैभन्दा बुद्धिमानी हुन्छ।

गर्मीबाट कसरी जोगिने?

चिकित्सकहरूका अनुसार यो समयमा गर्मी बाट बच्न
प्रशस्त पानी पिउने,घामबाट बच्ने,खानपानमा ध्यान दिने ,बालबालिका र वृद्धवृद्धाको विशेष ख्याल राख्ने गर्नु पर्छ। गर्मीको यो समयमा आफू पनि जोगियौँ र आफ्नो परिवारलाई पनि जोगाऔँ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी