विश्व बैंकमा नेपालका लागि १५ करोड डलर ऋण स्वीकृत

 

 

 

विश्व बैंकले नेपालका लागि थप १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ । नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधान विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच पुर्‍याई हरित, लचिलो र समावेशी विकास निम्ति ‘वृद्धिको लागि वित्त’ शीर्षकमा सो विकास नीति ऋण स्वीकृत गरेको बैंकले जानकारी दिएको छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले यो परियोजनाले नेपालको वित्तीय क्षेत्र बलियो बनाएर हरित, लचिलो र समावेशी पुनरुत्थान र वृद्धि मार्गमा योगदान पुर्‍याउने दाबी गरेका छन्‌ । दोस्रो फाइनान्स फर ग्रोथ अपरेसनले कोभिड–१९ महामारीको प्रभावको सन्दर्भमा वित्तीय स्थायित्वका जोखिमहरूलाई सम्बोधन गर्न बैंकिङ क्षेत्रको पर्यवेक्षणलाई बढावा दिने बैंकको दाबी छ ।

पूँजी, बीमा र प्रकोप जोखिम वित्तीय बजारहरू खोल्न मद्दत गर्ने पनि बैंकले जनाएको छ । यसले बाह्य व्यावसायिक उधारोमा पहुँच, वित्तीय डिजिटलाइजेसन र महिलाहरूको लागि वित्तीय साक्षरताको माध्यमबाट तरलता र समावेशीता बढाउने पहलहरूलाई पनि समर्थन गर्ने तथा निजी क्षेत्रको नेतृत्वमा भएको वृद्धिलाई सहयोग पुर्‍याउन वित्तीय क्षेत्रको कार्यशैली सुधार गर्न मद्दत पुग्ने विश्व बैंकले उल्लेख गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो