दमक नगरपालिकालाई राप्रपाको २२ बुँद्धे ज्ञापनपत्र

दमक,२२ जेठ । राष्ट्रिय राजनीतिमा बलियो उपस्थितिको रूपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको दमक नगरपालिकाका जनताका विविध समस्याहरू समाधान गर्न माग गर्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। राप्रपाको प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमिति (क्षेत्र नं. ५ ’ख’) को नेतृत्वमा शुक्रबार दमक नगरपालिकाका मेयर रामकुमार थापालाई २२ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो।

राप्रपाले झापा जिल्लाका सबै १५ वटै स्थानीय तहमा जनताका जल्दाबल्दा समस्याहरू उठाउँदै ज्ञापनपत्र बुझाउने अभियान अन्तर्गत दमकमा पनि यो कार्यक्रम गरेको हो। नगरपालिकाले सम्बोधन गर्न सक्ने स्थानीय विषयहरू तत्काल पूरा गर्न र पालिकाको क्षेत्राधिकार भन्दा बाहिरका विषयमा सम्बन्धित माथिल्लो निकायमा ध्यानाकर्षण गराइदिन राप्रपाले जोडदार माग गरेको छ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता, कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सबैको अनुहारमा आफ्ना दैनिक समस्याहरू अब भने सम्बोधन हुने हुन् कि भन्ने आशा र उत्सुकता प्रष्ट देखिन्थ्यो।

पछिल्लो समय परिवर्तन भएको राष्ट्रिय राजनीतिक समीकरण र सरकारका नीतिहरूका कारण आम जनताका समस्याहरू थप जटिल बन्दै गएको राप्रपाको ठहर छ। देशको बिग्रँदो अवस्थाका कारण सर्वसाधारण जनता ठूलो मर्कामा परेको भन्दै राप्रपा प्रदेश सभा ’ख’ को सचिव अर्जुन रेग्मीले जनतालाई राहत दिनका लागि २२ बुँदे मागसहित ध्यानाकर्षण गराइएको बताउनुभयो।

ज्ञापनपत्र बुझ्दै दमक नगरपालिकाका मेयर राम कुमार थापाले राप्रपाले उठाएका मागहरू प्रति सकारात्मक प्रतिक्रिया दिनुभएको छ। नगरपालिकासँग सीमित स्रोत–साधन हुने भएकाले कतिपय कामहरू इच्छा हुँदाहुँदै पनि तत्कालै गर्न नसकिने अवस्था रहने उल्लेख गर्दै मेयर थापाले बजेट र नीति तथा कार्यक्रम निर्माणको चरण चलिरहेको छ ।एउटा जिम्मेवार राजनीतिक दलले नागरिकका समस्या ल्याउनु सकारात्मक भएको बताउनुभएको छ। जिल्लाभरि नै सञ्चालित यो अभियान र यसका मागहरूप्रति उच्च संवेदनशीलता देखाउँदै मेयर थापाले यी मागहरू पूरा गर्न दमक नगरपालिका पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

जनताका दैनिक समस्यासँग जोडिएका यस्ता विषयमा राजनीतिक दलहरूले रचनात्मक दबाब दिने र स्थानीय सरकारले त्यसलाई सकारात्मक रूपमा लिएर कार्यान्वयन गर्ने हो भने पक्कै पनि सुशासन र विकासमा ठूलो टेवा पुग्ने देखिन्छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय