काठमाडौँ ,४ असार। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर गुनासो धेरै गर्ने र समय खेरा फाल्ने काम गरेको भन्दै सचेत गराउनु भएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको मन्त्री भएर गुनासो गर्ने लामो जवाफ दिएर समय खेरा फालेको भन्दै सांसद राईले असन्तुष्टि जनाउनु भएको हो ।
उहाँले भन्नु भयो,‘सरकारले गुनासो गर्ने होइन । मन्त्री ज्यू सत्ता पक्ष होकि विपक्ष हो भन्ने थाहा हुनुपर्छ । यस्तो कानुन भएन उस्तो भएन भनेर लामो गित सुनाउनु भयो यहाँले । अर्को पटकदेखि समयको ध्यान यहाँले दिनुपर्छ ।’
त्यस्तै उहाँले खर्च हुनै नसक्ने र कार्यक्रम नै नभएको अबण्ड बजेट राखिएको भन्दै उहाँले यसमा ख्याल गर्न सचेत गराउनु भएको छ ।
२ अर्ब ५१ करोड पैसा अबन्डामा भएको भन्दै उहाँले कार्यक्रम नै नभए किन विनियोजित गरेको भनेर प्रश्न गर्दै उहाँले बजेट दुरुपयोग हुन नदिन आग्रह गर्नुभयो ।
मन्त्री पुनले मन्त्रालयका लागि आवश्यक कानुनहरू बनिनसकेको र साढे ३ अर्ब रुपैयाँ अवन्डामा रहेको भन्दै यो खर्च गर्न गाह्रो हुने बताउनु भएको थियो ।









