मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङको सानदार जीत

दमक गोल्ड कप : त्रिभुवन आर्मीको लज्जास्पद हार( भिडियो सहित)

दमक/
मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ४-० ले पराजित गर्दै मानेभञ्ज्याङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा मानेभञ्ज्याङको जितका लागि राकेश सिंहले दुई गोल, जेरी पुलामी र विमल कुमारले एक/एक गोल गरे ।

खेलको २७ औँ मिनेटमा जेरी पुलामीले पहिलो गोल गरे । डिबक्समा रहेका पुलामीले प्रहार गरेको बलले गोलमा परिणत भएको हो । ४७ औँ मिनेटमा राकेश सिंहले दोस्रो गोल गर्दै मानेभञ्ज्याङको अग्रतालाई दोब्बर बनाए । उनले गरेको लङ रेञ्ज प्रहार गोलमा परिणत भएको थियो । खेलको ६४ औँ मिनेटमा विमल कुमारले माने भञ्ज्याङको अग्रतालाई तेब्बर बनाए ।

मध्यभागबाट बल लैजाँदै डिबक्सबाट गरेको प्रहार गोलमा परिणत भयो । मानेभञ्ज्याङले खेलको इन्ज्यरी समयमा थप एक गोल गर्दै ४-० को जित निश्चित गर्‍यो । राकेश सिंहले मैदानको मध्यभागबाट बल अघि बढाउँदै गरेको प्रहार गोलमा परिणत भयो । आर्मीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यवहोर्नुपर्‍यो ।

आइतबारको खेलको म्यान अफ दि म्याच विजयी टोली मानेभञ्ज्याङका राकेश सिंह भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । सोमबारको अन्तिम क्वाटरफाइनल खेल विभागीय टोली नेपाल पुलिस क्लब र विदेशी टोली क्यामरुनको एमिनियर फुटबल क्लबबीच हुने आयोजक दमक नगर खेलकुद विकास समितिले जानकारी दिए ।

भिडियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नयाँ सरकारको हुकुमी निर्देशनले शिक्षामा बढ्यो अन्यौलता

अहिलेको अवस्थामा सरकारको निर्णयबाट संविधानको उल्लङ्घन भएको देखिन्छ । तर यो उल्ंघननै भएपनि यसको प्रतिवाद गर्न पालिका सरकारले हिम्मत देखाएनन ।

चन्द्रगढी महिला गोल्डकपः आज पुलिस र आयोजक खेल्दै

भद्रपुर, ७ बैशाख । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (सोमबार) विभागीय टोली नेपाल पुलिस क्बल र आयोजक

प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्रका नागरीक भन्छन् : महगी बढेको पीडा सुनाउने ठाउँ भेटेनौ

दमक,७ वैशाख। दमक ३ का कर्ण बहादुर बस्नेत । अटो रिक्सा कुदाएर गुजारा चलाउनु हुन्छ । घरबाट बाहिर निस्कदा अटो रिक्सामा आज कसरी पेट्रोल हाल्ने