विश्वकप लिग–२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं ,२१ असार। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ ।

नेदरल्यान्ड्स र नामिबियाविरुद्धको शृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार एक विशेष समारोहबीच बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले टोलीले गत वर्ष स्कटल्यान्डमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्याउने विश्वास व्यक्त गरे ।

यसैगरी बिदाइ समारोहलाई सम्बोधन गर्दै नेपाली टोलीका कप्तान रोहित पौडेलले टोलीको संयोजन सन्तुलित रहेको र उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

उहाँले भन्न्ुा भयो, ‘हाम्रो टोलीको संयोजन निकै राम्रो छ। नेदरल्यान्ड्स र नामिबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएका छौँ। त्यसअनुसार मानसिक तयारी गरेका छौँ र प्रत्येक खेलाडीले आफ्नो शतप्रतिशत प्रदर्शन गर्नेछ ।’

नेपालले जुलाई २१ देखि सुरु हुने नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित लिग–२ शृङ्खलाअघि जर्सीमा तयारी क्याम्प गर्नेछ । त्यहाँ जुलाई १३ र १५ मा दुई अभ्यास एकदिवसीय खेल पनि खेल्ने क्यानले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारको सय दिन उपलब्धिविहीन, संघीयता र प्रेस स्वतन्त्रतामाथि प्रहार भयो : सांसद राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले १०० दिनमा ठूलो उपलब्धि हासिल गर्ने दाबी गरेपनि परिणाममुखी काम गर्न नसकेको बताएका छन् । आइतबार

बालेन्द्र शाह सरकारको सय दिन र मधेसको मौन प्रश्न

राजनीतिमा सय दिनको अवधि कुनै सरकार वा राजनीतिक शक्तिको अन्तिम मूल्याङ्कन गर्ने समय होइन, तर त्यसले सरकारको दिशा, नेतृत्वको दृष्टि, निर्णय प्रक्रियाको चरित्र र जनअपेक्षाप्रतिको

राष्ट्र बैंकको स्वायत्तता कमजोर हुनेगरी हस्तक्षेप नगर्न सुझाव

काठमाडौं,२१ असार । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी र दीपेन्द्रबहादुर क्षेत्रीले आगामी मौद्रिक नीति तयार गर्दा राष्ट्र बैंकको स्वायत्तता कायम राख्दै आर्थिक गतिविधि चलायमान

काँकरभिट्टाको डरलाग्दो रहस्य : बेचिन लागेकी १५ वर्षीया नेपाली बालिका अन्तिम क्षणमा उद्धार

काठमाडौं,२१ असार । नेपाल–भारत सीमामा मानव तस्करीको प्रयास फेरि एकपटक असफल भएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सतर्कताले १५ वर्षीया नेपाली किशोरीलाई अन्तिम

विश्वकप लिग–२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं ,२१ असार। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ । नेदरल्यान्ड्स र नामिबियाविरुद्धको

गृहमन्त्री गुरुङ झापा आउँदै छन् ? सरकारी निकायमै अन्योल,

दमक।२१, असार | गृहमन्त्री सुदन गुरुङ झापा आउने चर्चा चले पनि सम्बन्धित सरकारी निकायहरूसँग भने त्यसबारे आधिकारिक जानकारी पुगेको छैन।   पूर्वी नेपाल भ्रमणमा रहेका गृहमन्त्री