तेलको मूल्य बढ्यो, हवाई सुरक्षामा कडाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौता र युद्धविराम समाप्त भएको घोषणा गरेसँगै विश्व अर्थतन्त्रमा त्यसको प्रत्यक्ष असर देखिन थालेको छ।

मध्यपूर्वमा बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ भने एसिया र युरोपका सेयर बजार दबाबमा परेका छन्।
अमेरिका–इरान तनाव चर्किएपछि ब्रेन्ट क्रूडको मूल्य करिब ६ प्रतिशतले बढेर ७८ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ। ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने चिन्ताले तेलको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ।
मध्यपूर्व संकटले विश्वव्यापी महँगी बढाउने र ऊर्जा आपूर्तिमा अवरोध आउन सक्ने आशंकाबीच युरोपेली सेयर बजारमा करिब १.६ प्रतिशतको गिरावट आएको छ।
यसैबीच युरोपेली संघ उड्डयन सुरक्षा एजेन्सी (भ्ब्क्ब्) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै विमान कम्पनीहरूलाई इरान, इराक र लेबनानको हवाई क्षेत्र प्रयोग नगर्न सुझाव दिएको छ।
उड्डयन सुरक्षा सम्बन्धी यो निर्देशन हालका लागि ३१ अगस्ट २०२६ सम्म लागू हुने बताइएको छ। तर, मध्यपूर्वको अवस्था अनुसार यसलाई समयअगावै पुनरावलोकन गर्न सकिने जनाइएको छ।
विश्व बजारदेखि यात्रासम्म असर पार्न सक्ने मध्यपूर्व तनावले आगामी दिनमा कस्तो रूप लिन्छ भन्नेमा लगानीकर्ता र अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण

झापा बुद्धशान्ती,१३ असोज। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र विश्वविद्यालय होइन : मन्त्री गौतम

काठमाडौं,१३ असोज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको

उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तबीच भेट, भारतीय सहयोगको प्रशंसा

काठमाडौं,१३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेर्नु भएको छ । उपराष्ट्रपति

धरानमा विद्यार्थीको फिनेल सेवन प्रकरण ,पत्रकारमाथि उठ्यो प्रश्न ,बास्तबिकता के?

धरान ,१३ असोज। रिक्त शिक्षक नियुक्तिको माग गर्दै भएको आन्दोलनका क्रममा विद्यार्थी रोजन शंकरले फिनेल सेवन गरेको घटनामा पत्रकार सञ्जिता धमलाको नाम जोडिएको छ। आन्दोलनरत

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड बजेट स्वीकृत, एआईदेखि चिकित्सा शिक्षासम्म प्राथमिकता

विराटनगर,१३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित