नेपालको स्वास्थ्य क्षेत्रमा निरन्तर रहनेन र्वेको प्रतिबद्धता

काठमाडौं,२५ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत महामहिम ड्याग्नी म्योसबीच भेटवार्ता भएको छ । बिहिबार मन्त्रालयमा उहाँहरुबिच भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

छलफलमा नर्वे सरकारको सहयोगमा नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा, स्वास्थ्य अनुसन्धान, मातृ तथा बाल स्वास्थ्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलगायतका क्षेत्रमा भइरहेका कार्यक्रमबारे समीक्षा गरिएको थियो ।

मन्त्री मेहताले नेपालको आवश्यकता र बढ्दो रोगको भारलाई दृष्टिगत गर्दै स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवाको डिजिटाइजेशन, जलवायु परिवर्तन र जनस्वास्थ्य, नसर्ने रोग तथा मानसिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य पर्यटन र जडीबुटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै यी क्षेत्रमा नर्वेसँग थप सहकार्यको अपेक्षा रहेको उल्लेख गर्नुभयो ।

राजदूत म्योसले नर्वे सरकारले नेपाल सरकारका विकास प्राथमिकताअनुसार स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो उहाँले नेपालका लागि थप सहकार्यका कार्यक्रमहरू अघि बढाउने तयारी भइरहेको जानकारी पनि दिनुभयो ।

नेपाल र नर्वेबीच स्वास्थ्य, शिक्षा तथा दिगो विकासका विभिन्न क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण

झापा बुद्धशान्ती,१३ असोज। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र विश्वविद्यालय होइन : मन्त्री गौतम

काठमाडौं,१३ असोज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको

उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तबीच भेट, भारतीय सहयोगको प्रशंसा

काठमाडौं,१३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेर्नु भएको छ । उपराष्ट्रपति

धरानमा विद्यार्थीको फिनेल सेवन प्रकरण ,पत्रकारमाथि उठ्यो प्रश्न ,बास्तबिकता के?

धरान ,१३ असोज। रिक्त शिक्षक नियुक्तिको माग गर्दै भएको आन्दोलनका क्रममा विद्यार्थी रोजन शंकरले फिनेल सेवन गरेको घटनामा पत्रकार सञ्जिता धमलाको नाम जोडिएको छ। आन्दोलनरत

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड बजेट स्वीकृत, एआईदेखि चिकित्सा शिक्षासम्म प्राथमिकता

विराटनगर,१३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित