एमाले पुनर्जागरण अभियानको मत सर्वेक्षण सार्वजनिक ,८७/६५ द्वारा नेतृत्व परिवर्तनको पक्षमा मतदान

काठमाडौँ, २५ असार । नेकपा (एमाले) भित्र नीति, विचार र सांगठनिक रूपान्तरणको माग गर्दै आएका युवाहरू आबद्ध ुपुनर्जागरण अभियान(२०८२ु ले आफ्नो मत सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ। पार्टीभित्र पुस्तान्तरण र आन्तरिक लोकतन्त्रीकरणका लागि देश(विदेशमा रहेका संगठित सदस्य, समर्थक तथा शुभेच्छुकहरू माझ गरिएको सर्वेक्षणमा नेतृत्व परिवर्तनको पक्षमा भारी मत देखिएको छ।

सार्वजनिक नतिजा अनुसार सर्वेक्षणमा सहभागी ८७।६ प्रतिशतले एमालेको वर्तमान नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा मतदान गरेका छन्।

सर्वेक्षणका मुख्य निष्कर्षहरू

पार्टी रूपान्तरणस् ९१/४ प्रतिशत सहभागीले पार्टीमा आमूल रूपान्तरण र पुनःसंरचना आवश्यक रहेको धारणा राखेका छन्।

नेतृत्वको व्यवहारस् ९५/४ प्रतिशतको ठुलो हिस्साले पार्टी नेतृत्वको कार्यशैली र व्यवहारमा सुधार आउनुपर्ने पक्षमा मत जाहेर गरेका छन्।

प्रत्यक्ष निर्वाचन प्रणालीस् ८२/९ प्रतिशत सहभागीले आगामी दिनमा पार्टीको मूल नेतृत्व चयन गर्दा सबै तहका सदस्यहरूले प्रत्यक्ष मतदान गर्न पाउनुपर्ने व्यवस्थाको वकालत गरेका छन्।

गुगल फर्ममार्फत १८ वटा विभिन्न प्रश्नहरू सोधेर गरिएको यस खुला सर्वेक्षणमा ४० देखि ६० वर्ष उमेर समूहका नागरिक तथा कार्यकर्ताहरूको उपस्थिति उल्लेख्य रहेको पाइएको छ। कुल सहभागीहरू मध्ये ४३/७ प्रतिशत सोही उमेर समूहका थिए।

अभियान पक्षधर युवा नेताहरूका अनुसार यो मत सर्वेक्षणको विस्तृत प्रतिवेदन र निष्कर्षलाई पार्टी पुनर्गठन तथा चुनावी समीक्षाका लागि गठित उपाध्यक्ष रामबहादुर थापा बादलु नेतृत्वको कार्यदल र पार्टी महासचिव समक्ष औपचारिक रूपमा बुझाइनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण

झापा बुद्धशान्ती,१३ असोज। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र विश्वविद्यालय होइन : मन्त्री गौतम

काठमाडौं,१३ असोज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको

उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तबीच भेट, भारतीय सहयोगको प्रशंसा

काठमाडौं,१३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेर्नु भएको छ । उपराष्ट्रपति

धरानमा विद्यार्थीको फिनेल सेवन प्रकरण ,पत्रकारमाथि उठ्यो प्रश्न ,बास्तबिकता के?

धरान ,१३ असोज। रिक्त शिक्षक नियुक्तिको माग गर्दै भएको आन्दोलनका क्रममा विद्यार्थी रोजन शंकरले फिनेल सेवन गरेको घटनामा पत्रकार सञ्जिता धमलाको नाम जोडिएको छ। आन्दोलनरत

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड बजेट स्वीकृत, एआईदेखि चिकित्सा शिक्षासम्म प्राथमिकता

विराटनगर,१३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित