सपिङ कम्प्लेक्स निर्माण

दमकमा ६१ करोड लागतमा सपिङ कम्प्लेक्स बन्दै

 

 

 दमक /

 

दमक नगरपालिकामा ‘दमक सपिङ कम्प्लेक्स’ बन्ने भएको छ । कुल ६१ करोड १४ लाख रुपैयाँ अनुमानित लागत रहने यस सपिङ कम्प्लेक्सका लागि नगर विकास कोषले ४२ करोड ८० लाख रुपैयाँ ऋण प्रदान गर्ने भएको छ ।

‘दमक सपिङ कम्प्लेक्स’ निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता पनि सम्पन्न भएको छ । सम्झौता अनुसार कुल अनुमानित लागतको ७०% ऋण रकम कोषको तर्फबाट र ३०% रकम दमक नगरपालिकाले व्यहोर्ने छ ।

 

ऋण सम्झौतामा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले हस्ताक्षर गरेका छन् । दमक नगरपालिकाको करिब ८ कठ्ठा १३ धुर क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई नगरपालिकाको महत्वपूर्ण आयोजनाको रुपमा लिइएको छ। दमक सपिङ कम्प्लेक्स शहरी पूर्वाधार निर्माणमा कोषको हालसम्मकै ठूलो लागतको आयोजना रहेको जानकारी गराइएको छ ।

 

कोषले नगरपालिकाहरुमा शहरी पूर्वाधारका आयोजनामा बढी भन्दा बढी वित्तीय तथा प्राविधिक सहायता प्रदान गरी व्यवस्थित र सुविधा सम्पन्न शहरको निर्माण तथा विकासमा योगदान गर्ने उद्देश्य रहेको जानकारी गराएको छ । सोही उद्देश्य अनुरुप दमक नगरपालिकाका नगरवासीलाई व्यवस्थित, सुरक्षित तथा आधुनिक प्रविधीयुक्त सेवा सुविधा उपलब्ध गराउन लक्ष्य अनुसार दमक नगरपालिकाबाट सपिङ कम्प्लेक्स निर्माण हुन लागेको हो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा