१० देखि १४ प्रतिशतसम्म भाडा बढाउने

भाडादर बढाउने सरकारको निर्णय

 

 

 

सरकारले सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेको हो । आउँदो आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर प्रकाशित गर्ने जनाएको छ ।

यातायात व्यवसायीहरूले इन्धनको मूल्य वृद्धि भएपश्चात् नै आवाज उठाउँदै आएका थिए । प्रदेश १ का यातायात व्यवसायीहरूले प्रदेश १ सरकारमार्फत् केन्द्र सरकारलाई ज्ञापन–पत्र बुझाएका थिए ।

तर, सरकारले त्यसको सुनुवाइ गरेको थिएन । मन्त्रालयले मालवाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १४ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको हो ।

इन्धनको मूल्य वृद्धि भएका आधारमा लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेको छ । सङ्घले भाडादर वृद्धि गरेअनुसार नै प्रदेशले पनि छोटो दूरीका यातायातको पनि भाडादर वृद्धि गर्नेछन् । यातायात व्यवसायी राष्ट्रिय महासङ्घ प्रदेश तथा केन्द्रले भाडादर वृद्धि गर्न भन्दै पटक–पटक ज्ञापन–पत्र बुझाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ ,५ असोज। झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई

सरकराले बेलिब्रिजबारे एआई नक्सा बनाएर हल्ला फैलायो : ओली

काठमाडौं ,५ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले अनुशासनमा एमाले पार्टी सबैभन्दा कमजोर रहेको स्वीकार गर्नुभयो । सोमबार एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई

गुडिरहेको बसमा आगलागी ,चालकको उपचार हुँदै

काठमाडौं ,५ असोज। काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि रिद्धिसीद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको छ । सोमबार दिउँसो साढे १२

न्युयोर्क । एनभिडियाका मुख्य कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले आगामी दशकभित्रै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानव जातिको अस्तित्व समाप्त पार्न सक्ने चेतावनीलाई भ्रामक र काल्पनिक