अनशनरत डा. केसी आइसीयूमा भर्ना, माग पूरा गर्न सरकारसँग संवाद

धनगढी,९ साउन । बिहीबारदेखि धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा सत्याग्रह थाल्नु भएको डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि सेती अस्पतालको आइसीयूमा सारिएको छ । उहाँका स्वास्थ्य सहयोगी डा.अमृत जैसीका अनुसार केसीको सुगर लेवल घटेको छ । ‘रगतमा सुगर लेवल ४९ मा झरेको छ,’ जैसीले भने, ‘प्रेसर पनि एकसयमा झरेको छ । पोटासियम पनि कम भएको छ ।’

 

डा.केसीले भन्नु भयो सुगरको औषधि लान नमानेको जैसीले बताउनु भयो । आफू अहिले अनसनमा रहेकाले अनसन अनुसारकै औषधि प्रयोग गर्न केसीले आग्रह गरेको जैसीको भनाई छ । सेती अस्पतालका डा.गजेन्द्र दुवालको टीमले केसीको स्वास्थ्य अवस्थाको निरीक्षण गरिरहेका छन्। शुक्रबार साँझ शिक्षा तथा खेलकुदमन्त्री अस्मित पोखरेलले डा.केसीका सहयोगी जैशीसँग छलफल गर्नु भएको थियो भने राति करिब ११ बजे डा.केसीसँग पनि टेलिफोन संवाद गर्नु भएको थियो । संवादका क्रममा मन्त्री पोखरेलले माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको थियो ।

 

त्यसक्रममा डा.केसीले आफ्नो पाँचबुँदे मागसँगै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल तीन सय शय्याको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन सुरु तथा स्वार्थप्रेरित ढंगले गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज हुनुपर्ने आफ्नो मुख्य अडान रहेको बताउनु भयो । मन्त्री पोखरेलले ती विषयमा वार्ता टोली गठन गर्ने र आवश्यक परे आफू नै धनगढी आउने प्रतिबद्धता जनाएको सहयोगी डा.जैशीले बताउनु भयो । यता, केसी अनशनरत कैलालीको धनगढीस्थित कृष्ण मन्दिर बाहिर स्थानीयबासीले प्रदर्शन गर्नु भएको थियो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्न नदिने षडयन्त्र भएको भन्दै स्थानीयले केसीबिरुद्ध शनिबार विहान प्रदर्शन गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना