दमक, ९ साउन । मन कति खुसी र सन्तुष्ट छ भन्ने कुरा शब्दले होइन, आँखाको चमक, ओठको मुस्कान र अनुहारमा देखिने भावले पनि बताउँछ। मेघा परियारको अनुहारमा अहिले देखिने खुसी पनि यस्तै छ। विवाह भएको तीन वर्षपछि काखमा दुई महिनाकी छोरी खेलाइरहेकी मेघाको खुसीको सीमा छैन। लामो समयसम्म सन्तानको प्रतीक्षामा रहेको यो परिवारले अहिले बल्ल आफ्नो सपना पूरा भएको महसुस गरेको छ।
मेघाको विवाह भएको तीन वर्ष भयो। उहाँ २३ वर्षकी मात्र हुनुहुन्छ भने उहाँका श्रीमान्को उमेर ३४ वर्ष पुगिसकेको छ। विवाहलगत्तै सन्तानको चाहना भए पनि लामो समयसम्म त्यो पूरा हुन सकेन। ‘किन बच्चा भएन ?’ भन्ने चिन्ताले परिवारलाई पिरोल्न थाल्यो। जसका कारण उहाँले कहिले कहि परिवार र छिमेकीका बिभिन्न अपजस पनि खेप्नु पर्यो ।सन्तान प्राप्तिका लागि यो दम्पतीले सम्भव भएसम्मका प्रयास गरे। औषधि सेवनदेखि उपचारसम्मका लागि झापा र विराटनगरका विभिन्न ठूला अस्पतालसम्म पुगे। तर उपचारका प्रयासहरू सफल भएनन्। समय बित्दै जाँदा चिन्ता झनै बढ्दै गयो। त्यही क्रममा दमक–६ स्थित फर्निचर लाइनमा रहेको कोपिला फर्टिलिटी एण्ड वुमेन क्लिनिकमा पुगेर उहाँहरूले डा. सीता राईसँग परामर्श लिनुभयो । उपचार सुरु भएको केही समयमै उनीहरूको जीवनमा खुसीको खबर आयो।डा. राईको उपचार र परामर्शपछि एक महिनामै मेघाको गर्भमा सन्तान बसेको पुष्टि भयो। लामो प्रतीक्षापछि सन्तान प्राप्त भएपछि परिवारमा खुसी छायो।
श्रीमतीबाट सन्तान नहुने कुरा थाहा पाएपछि के गर्ने भन्ने चिन्ताले आफूलाई निकै सताएको मेघाका श्रीमान् बताउनु हुन्छ । नेपाली समाजमा महिलामा समस्या देखिएपछि दोस्रो विवाह गर्नुपर्ने गलत परम्परागत सोच अझै पनि कतिपय ठाउँमा रहेको उहाँ बताउँनुहुन्छ । उहाँमाथि पनि दोस्रो विवाह गर्न सुझाव दिनेहरू थिए। तर उहाँले त्यसो गर्न अस्वीकार गर्नुभयो ।
उपचारका नयाँ–नयाँ विधि र प्रविधिको विकास भइरहेको भन्दै आफूले आफ्नै श्रीमतीबाट सन्तान जन्माउन सक्ने विश्वास राखेको उहाँले प्रतिकृया दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत डा. सीता राईबारे जानकारी पाएपछि उनी उपचारका लागि कोपिला फर्टिलिटी पुगेका थिए।
उपचारका क्रममा आफूहरूमा रहेको समस्या पहिचान भएपछि दुवै जनाको उपचार सुरु गरिएको डा. राई बताउनु हुन्छ । मेघामा नियमित महिनावारी नहुने र डिम्ब उत्पादन कम हुने समस्या रहेको थियो।
तर उपचार श्रीमतीको मात्र गरिएन। श्रीमान् र श्रीमती दुवैको आवश्यक परीक्षण तथा उपचार सँगसँगै अघि बढाइयो। त्यसपछि एकदेखि तीन महिनाको अवधिमै मेघाको गर्भमा सन्तान बसेको डा. राई बताउनु हुन्छ ।
अहिले उनीहरू आफ्नो दुई महिनाकी छोरीलाई काखमा खेलाउन पाउँदा उहाँ निकै खुसी हुनुहुन्छ ।
पछिल्लो समय निःसन्तान सम्बन्धी समस्या बढ्दै गएको छ। खानपानमा आएको परिवर्तन, कामको अत्यधिक दबाब र शारीरिक थकानका कारण पनि यौन स्वास्थ्य कमजोर हुँदै गएको चिकित्सकहरुको भनाई छ ।
यस्ता कारणले सन्तान उत्पादनको क्षमता वा सम्भावना कमजोर हुने समस्या बढिरहेको समेत बताइएको छ ।
तर प्रविधि र उपचारका नयाँ–नयाँ विधिको विकाससँगै निःसन्तानसम्बन्धी धेरै समस्याको उपचार सम्भव हुँदै गएको छ। त्यसैले सन्तान नहुँदा निराश भएर गलत निर्णय लिनुभन्दा विशेषज्ञ चिकित्सकसँग परामर्श लिनु आवश्यक रहेको डा. राईको सुझाव छ।









