मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने शिक्षामन्त्रीको प्रतिबद्धता

जनकपुर,११ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गतिमा कार्य गरिरहेको जानकारी दिनु भएको छ ।

सोमबार जनकपुरधामको संकटमोचन विद्यालयमा विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गर्न पुगेका मन्त्री पोखरेलले सञ्चारकर्मीहरुसंग कुरा गर्दै साक्षर प्रदेशको संरचना निर्माण गर्न प्रदेश सरकारलाई प्रतिवेदन बुझाईसकेको बताउनु भयो ।

उहाँले मधेश प्रदेश सरकारलाई बुझाईएको प्रतिवेदन अनुसार कार्य पनि तीव्र गतिमा भइरहेको जानकारी दिनु भयो। मन्त्री पोखरेलले प्रदेश प्रमुख तथा इकाइ कार्यालयहरुसंग तथ जानकारी लिएर मात्र आफू फकिर्ने बताउनु भयो ।

मन्त्री पोखरेलले खासगरी जनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयको भवन निर्माणमा देखिएको समस्याबारे बुझ्न तथा अन्य स्थानमा पनि जग्गा निरीक्षण गर्न लागेको जानकारी दिनु भयो ।

उहाँले विश्वविद्यालयको डिनसंग छलफल भएको र जनकपुरधामको मुजेलियास्थित जग्गा र फुलगमामा हाल तोकिएको निर्माणस्थलको निरीक्षण आजै गर्ने बताउनु भयो । मन्त्री पोखरेलले राजर्षी विश्वविद्यालयको स्तरोन्नती तथा शिक्षाको स्तर थप मजबुत बनाउन चाँसो देखाउनु भयो ।

मन्त्री पोखरेलले जनकपुरधामको संकट मोचन विद्यालयका छात्र तथा छात्राहरुलाई क्रिकेट ब्याट, फुटबल, ब्याडमिन्टर र्याकेट हस्तान्तरण गर्नु भएको छ । मन्त्री पोखरेरलले सो विद्यालयमा छिट्टै खेल प्रशिक्षक पनि उपलब्ध गराउने विद्यार्थीहरुसंग प्रतिबद्धता जोहर गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल

काठमाडौं,११ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य सडक दूरी छोट्याउनु, इन्धनको खपत घटाउनु तथा यात्रालाई सुरक्षित र सहज बनाउनु

मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने शिक्षामन्त्रीको प्रतिबद्धता

जनकपुर,११ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गतिमा कार्य गरिरहेको जानकारी दिनु भएको छ । सोमबार

सुरुङमार्ग शुभारम्भ,आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा

काठमाडौं ,११ साउन। नागढुंगा सुरुङमार्गको उद्घाटन समारोह आज भएको छ । आज सोमवार नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र

सुनसरीको देवानगञ्ज घटनाप्रति मन्त्री मेहताको चासो

काठमाडौं,११ साउन । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति,संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल

भीड,एक्लो मानिस र सङ्कुचित हुँदै हाम्रो संवेदनशीलता

विश्वका धेरै देशहरूले यस समस्यालाई सार्वजनिक नीतिको विषय बनाएका छन् । बेलायतले एक्लोपनसँग जुध्न विशेष रणनीति बनाएको छ र जापानले पनि सामाजिक अलगावको बढ्दो समस्यालाई ध्यानमा राख्दै छुट्टै सरकारी प्रणाली सिर्जना गरेको छ ।

बजेट कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं,१० साउन । आगामी आर्थिक वर्ष २०८३÷८४ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन गर्ने सम्बन्धमा बनेको ‘विनियोजन ऐन, २०८३’ प्रमाणीकरण भएसँगै