कप्तानगञ्ज गोलीकाण्ड

विराटनगरका विद्यालय र कलेज बन्द

विराटनगर,१२ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डपछि उत्पन्न तनावको प्रभाव छिमेकी जिल्ला मोरङको विराटनगरसम्म पुगेको छ। बिग्रँदो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेजहरूमा पठनपाठन प्रभावित भएको छ। आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक स्थानीयको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। उक्त घटनाको विरोधमा प्रदर्शन जारी रहेपछि त्यसको प्रत्यक्ष असर शैक्षिक क्षेत्रमा परेको हो।

 

सोमबार विराटनगरमा समेत प्रदर्शन भएपछि मंगलबार सुरक्षा जोखिम हुनसक्ने आकलन गर्दै धेरैजसो निजी तथा सामुदायिक शिक्षण संस्थाले कक्षा सञ्चालन नगर्ने निर्णय गरेका हुन्। विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख राम प्रसाद ढुंगेलका अनुसार महानगरले बिदाको औपचारिक निर्णय नगरेको भए पनि विद्यालयहरूले आफैं पठनपाठन स्थगित गरेका हुन्। सवारी साधन सञ्चालनमा अवरोध र विद्यार्थी तथा शिक्षकको सुरक्षालाई मध्यनजर गर्दै शैक्षिक संस्थाहरू बन्द गरिएका हुन्।

 

घटनाबाट प्रत्यक्ष प्रभावित सुनसरीका देवानगञ्ज र हरिनगर गाउँपालिकाले भने मंगलबार शोक स्वरूप सार्वजनिक बिदा दिएका छन्। जसका कारण त्यहाँका सरकारी कार्यालय, विद्यालय तथा सार्वजनिक निकाय पूर्ण रूपमा बन्द रहे। तनावग्रस्त क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न स्थानीय प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरेको छ। प्रशासनले अफवाहको पछि नलाग्न, अपुष्ट सूचना नफैलाउन र शान्ति कायम राख्न सर्वसाधारणलाई आग्रह गर्दै घटनाको अनुसन्धान जारी रहेको र दोषीमाथि कडा कारबाही हुने जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न