अनुसन्धान जारी

धनकुटामा ट्रक दुर्घटनापछि भीषण आगलागीः चालकको मृत्यु, सहचालक घाइते

धनकुटा,१२ साउन । तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारमा सोमबार राति हाइड्रोपावरका सामग्री बोकेको ट्रक दुर्घटना भई भीषण आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। दुर्घटनामा सहचालक घाइते भएका छन्। विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको लो–बेड ट्रक राति करिब ८ः३० बजे सडकबाट चिप्लिएर नालामा पल्टिएको थियो। पल्टिने क्रममा ट्रकको इन्धन ट्याङ्की विस्फोट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनु भयो।

 

आगलागीमा परेर ट्रकभित्रै च्यापिएका भोजपुर घर भएका अन्दाजी ३० वर्षीय चालक विशाल राईको घटनास्थलमै मृत्यु भएको हो। उहाँको शव सोमबार राति नै निकालिएको छ। दुर्घटनामा सामान्य घाइते भएका सहचालकको उपचार भइरहेको छ। घटनालगत्तै प्रहरी उपरीक्षक रञ्जितकारको कमान्डमा पुगेको टोलीले उद्धार कार्य गरेको थियो। दुर्घटनाको थप कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने

काठमाडौं/ स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोडका घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको ‘स्वास्थ्यकर्मी तथा

मानव बेचबिखनको बदलिँदो स्वरूप रोकथाम गर्न सामूहिक प्रयास आवश्यक छ : आईजीपी कार्की

काठमाडौं,१२ साउन । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो र जटिल बन्दै गएको स्वरूपलाई नियन्त्रण गर्न राज्य, सुरक्षा निकाय, नागरिक समाज तथा अन्तर्राष्ट्रिय

निर्वाचन आयोगलाई थप स्वतन्त्र र प्रभावकारी बनाउन सांसदहरूको जोड

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा. राजीव सुब्बा (काठमाडौं)सँग संसदीय सुनुवाइ

असार ३२ सम्ममा खपत भएको बिजुलीको बिल भदौको बिलमा समायोजन हुने

काठमाडौं ,१२ साउन । नेपाल विद्युत प्राधिकरणले मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी उत्पन्न अन्योल हटाउँदै श्रावण महिनामा विद्युत महसुलसँगै असुल गरिएको भ्याट रकम आगामी भदौ

कलेजोको क्यान्सरबाट जोगिन समयमै हेपाटाइटिस परीक्षण र खोप आवश्यक

काठमाडौँ,१२ साउन । कलेजोको सिरोसिस र क्यान्सरसम्म निम्त्याउन सक्ने हेपाटाइटिस ‘बी’ र ‘सी’को संक्रमण सुरुवाती चरणमा प्रायः कुनै लक्षण नदेखिने भएकाले धेरै बिरामीमा रोग गम्भीर

जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै ट्रम्प

काठमाडौं,१२ साउन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्दैछन् । ह्वाइट