निर्वाचन आयोगलाई थप स्वतन्त्र र प्रभावकारी बनाउन सांसदहरूको जोड

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा. राजीव सुब्बा (काठमाडौं)सँग संसदीय सुनुवाइ गरिएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई थप स्वतन्त्र र प्रभावकारी संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले निर्वाचन आयोगको भूमिका निर्वाचन सञ्चालनमा मात्र सीमित नभई संस्थागत रूपमा अझ सुदृढ र स्वतन्त्र बनाउनुपर्नेमा जोड दिनु भएको छ । परिवर्तनसँगै आयोगको कार्यशैलीमा पनि नयाँ सुधार आवश्यक रहेको उहाँको भनाइ थियो ।

 

उहाँले भन्नु भयो, ‘निर्वाचन आयोगलाई थप स्वतन्त्र र प्रभावकारी संस्थाका रूपमा विकास गर्न आवश्यक छ । निर्वाचनको शिलशिलामा हुने प्रक्रिया एउटा अगं नै हो । त्यो भन्दा पनि निर्वाचन आयोगको भूमिका निर्वाचन सञ्चालनमा मात्र सीमित नभई संस्थागत रूपमा अझ सुदृढ कसरी बनाउन सकिन्छ भन्नेतिर चाँही हामीले गम्भिरतापूर्वक सोच्नुपर्छ । अब अहिलेको परिवर्तन सँगसँगै नयाँ परिवर्तनहरु हरेक ठाउँमा होस् ।’ यसैगरी समिति सदस्य प्रेमप्रसाद दंगालले प्रस्तावित पदाधिकारीले प्रस्तुत गर्ने अवधारणा र कार्ययोजना मापनयोग्य तथा नतिजामुखी हुनुपर्ने बताउनु भएको छ । उहाँले निर्वाचन सुधार आगामी निर्वाचनको प्रमुख एजेन्डा हुनुपर्ने उल्लेख गर्दै समितिसमक्ष व्यक्त गरिएका प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने धारणा राख्नु भएको छ ।

 

उहाँले भन्नु भयो,‘हाम्रो समितिको कार्यविधिमा के भन्छ भने कार्य योजना प्रस्तावित जुनसुकै पदाधिकारीहरुको सुनुवाई गर्दाखेरि प्रस्तुत गरिने अवधारणा र कार्ययोजनाहरु त्यो चाँही मापन योग्य हुनुपर्छ । नतिजामा आधारित हुनुपर्छ । निर्वाचनका महत्वका कुराहरु आएँ । र आफ्नो प्रतिवद्धताहरु यहाँ राख्नु पनि भयो । आगामी निर्वाचनको प्रमुख कुरा सुधारको कुरा नै हुनुपर्छ भन्ने मलाई लाग्छ ।’ एमाले सांसद पदमा अर्यालले प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेले सुनुवाइअघि नै समितिमा आफ्नो अवधारणा पत्र पेस गरेको र त्यसलाई प्रस्तुति मार्फत थप स्पष्ट पारेको बताउनु भयो । उहाँले वाग्लेको बायोडाटामा निर्वाचन सहायक अधिकृतदेखि निर्वाचन अधिकृतसम्मको अनुभव रहेको उल्लेख गर्दै त्यसलाई सकारात्मक पक्षका रूपमा लिन सकिने धारणा व्यक्त गर्नु भयो ।

 

उहाँले नियमित कार्यका साथै केही नयाँ सुधारका विषय प्रस्तुत गरिए पनि ती कार्यान्वयन गर्ने ठोस आधार र कार्ययोजना अझ स्पष्ट हुनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले भन्नु भयो,‘निर्वाचन आयुक्त गुरू प्रसाद वाग्ले ज्युले आफ्नो कार्ययोजनाको अवधारणा पत्र पनि पहिले नै समितिमा पेस गर्नु भएको थियो । त्यही प्रस्तुति मार्फत त्यसलाई प्रष्ट पार्ने काम पनि भएको थियो । जुन विषयहरु अगाडि सारिएका छन् ती सहि ढंगले कार्यान्वयन होस् भन्ने चाँही हो । वायोडाटा हेर्दाखेरि निर्वाचन सम्बन्धिको कार्य अनुभव उहाँको एउटा प्लस कुरा देखियो । कहिले निर्वाचन सहायक अधिकृतिको रुपमा, कहिले निर्वाचन अधिकृतको रुपमा काम गरेको यी सबै कुराले हामीले अपेक्षा गर्यौं राम्रै हुन्छ भन्ने कुरा । नियमित कार्यहरु धेरै छन्, केही नयाँ कुराहरु पनि भएका छन् । तर त्यसको कार्यान्वयनको ठोस आधार र पहिचान भेटिँदैन। यसमा पक्कै पनि ध्यान पुग्ने छ ।’

 

अर्यालले निष्पक्ष निर्वाचन वर्तमान समयको सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गर्दै निर्वाचन आयोगले त्यसलाई सुनिश्चित गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो। साथै, निर्वाचनका बेला आयोगले विद्यालयका शिक्षक तथा कर्मचारीलाई परिचालन गर्ने वर्तमान अभ्यासप्रति पनि उहाँले ध्यानाकर्षण गराउनु भयो। उहाँले भन्नु भयो, ‘आजको प्रमुख चुनौती भनेकै निष्पक्ष निर्वाचन नै हो । निर्वाचन आयोगको ठाउँबाट सोच्दाखेरि निष्पक्ष निर्वाचन आजको प्रमुख चुनौती हो । व्यवहारमा के देखिन्छ भने निर्वाचन आयोग यहाँ छ, निर्वाचनमा खटाउँदा त अन्य स्कुलको शिक्षक, कर्मचारीको हिसावले जान्छ ।’

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी

मोरङमा मेला, महोत्सव र विवाहमा डिजे बजाउन रोक

विराटनगर,१२ साउन ।जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर आयोजना हुने मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराण लगायतका कुनै पनि कार्यक्रमहरूमा डिजे बजाउन पूर्ण

सरकार र डा. केसी बीच ७ बुँदे सहमति, ५ औँ दिनमा तोडियो अनसन

धनगढी,१२ साउन । स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बस्नु भएको ड. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै बिहीबारदेखि धनगढीमा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने

काठमाडौं/ स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोडका घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको ‘स्वास्थ्यकर्मी तथा

मानव बेचबिखनको बदलिँदो स्वरूप रोकथाम गर्न सामूहिक प्रयास आवश्यक छ : आईजीपी कार्की

काठमाडौं,१२ साउन । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो र जटिल बन्दै गएको स्वरूपलाई नियन्त्रण गर्न राज्य, सुरक्षा निकाय, नागरिक समाज तथा अन्तर्राष्ट्रिय

निर्वाचन आयोगलाई थप स्वतन्त्र र प्रभावकारी बनाउन सांसदहरूको जोड

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा. राजीव सुब्बा (काठमाडौं)सँग संसदीय सुनुवाइ