कमल–७ मा घरदैलोमै निःशुल्क स्वास्थ्य शिविर र ल्याब सेवा सुरू

कमल,१३ साउन । कमल गाउँपालिका वडा नम्बर ७, रंगपुर तथा आसपासका बासिन्दाका लागि खुसीको खबर छ। अब सामान्य रगत, पिसाब परीक्षणकै लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। कमल गाउँपालिका–७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, रंगपुरमा आधुनिक प्रयोगशाला (ल्याब) सेवा औपचारिक रूपमा सुरु भएको छ। ल्याब सेवाको शुभारम्भसँगै सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
एउटा विशेष समारोहका बीच कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले रिबन काटेर ल्याब सेवाको उद्घाटन गर्नुभएको हो। उद्घाटन लगत्तै अध्यक्ष राईले प्रयोगशालामा जडान गरिएका आधुनिक उपकरण, सामग्री तथा रसायनहरूको निरीक्षण गर्दै सेवाको गुणस्तर र प्रभावकारिताबारे विस्तृत जानकारी लिनुभएको थियो।

 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई आफ्नै घरआँगनमा सहज, भरपर्दो र गुणस्तरीय प्रयोगशाला सेवा पु¥याउने उद्देश्यले यो सेवा विस्तार गरिएको बताउनुभयो।

 

कार्यक्रममा कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावतीले गाउँपालिकाभित्र रहेका अन्य आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा पनि क्रमशः ल्याब सेवा विस्तार गर्न सके सबै वडाका नागरिकले सहज रूपमा घरदैलोमै प्रयोगशाला सेवा पाउने धारणा राख्नुभयो।

यस्तै, कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले ल्याब सेवा विस्तार कार्यक्रमको मूल उद्देश्यबारे प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो।

 

कार्यक्रम सञ्चालन गर्दै आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमल–७ का प्रमुख अमृत सुब्बाले आफू सरुवा भएर आएपछि वडा अध्यक्ष पृथ्वीपति राई र गाउँपालिका अध्यक्ष हुकुम सिंह राईसँग निरन्तर समन्वय गरी नयाँ सेवा थप्ने योजनाअनुरूप यो ल्याब सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँले यस सेवाबाट स्थानीय सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने र भविष्यमा थप सेवा थप्दै लैजाने विश्वास दिलाउनुभयो।

 

ल्याब असिस्टेन्ट गीता न्यौपानेका अनुसार अब स्वास्थ्य सेवा केन्द्रबाट नियमित रूपमा निम्न परीक्षणहरू उपलब्ध हुनेछन ।
रगत परीक्षण ,पिसाब परीक्षण ,दिसा परीक्षण ,(सुगर) परीक्षण र गर्भवती महिलाहरूका लागि आवश्यक सम्पूर्ण प्रयोगशाला परीक्षणहरू ।

ल्याब सेवा शुभारम्भको अवसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावतीले बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गर्नुभएको थियो। शिविरमा विभिन्न स्वास्थ्य समस्या बोकेर आएका स्थानीय नागरिकहरूले घरदैलोमै विशेषज्ञ परामर्श र उपचार पाएपछि खुसी व्यक्त गरेका छन्।

कमल–७ का वडा अध्यक्ष एवम् आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष पृथ्वीपति राईले ल्याब सेवा सञ्चालनसँगै वडा नम्बर–७ का नागरिकले घरदैलोमै सहज स्वास्थ्य सेवा पाएको बताउनुभयो। गाउँपालिकाका नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिदिएकोमा उहाँले गाउँपालिका अध्यक्ष हुकुम सिंह राईप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

ल्याब सेवा सञ्चालनमा आएपछि अब कमल–७ र आसपासका बासिन्दालाई सामान्य ल्याब परीक्षणकै लागि ठूला सहर वा टाढाका अस्पताल धाउनुपर्ने बाध्यता सदाका लागि हटेको छ। यसले समयमै रोगको पहिचान, छिटो उपचार र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारमा कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।
उद्घाटन तथा शिविर कार्यक्रममा गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाका पदाधिकारी, विद्यालय नर्स तथा ठूलो संख्यामा स्थानीय सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको