झापा,१३ साउन । झापाको मेचीनगरमा आज बिहान फ्रिजको तार सर्ट भएर आगलागी हुँदा साढे दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ। बिहान ३ः५० बजे मेचीनगर नगरपालिका वडा नं. १० नागरडुब्बा स्थित स्थानीय लाल मोहमदको घरको भान्सा कोठामा राखिएको फ्रिजको तार अचानक सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट भान्सामा रहेका फ्रिज, डाइनिङ टेबल, भाँडाबर्तन, चामल, मिटर बक्स तथा अन्य सरसामान जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। घटना लगत्तै खटिएका स्थानीयवासी, नेपाल प्रहरी र मेचीनगर नगरपालिकाको दमकलको संयुक्त प्रयासमा बिहान ४ः२० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।









