चिकित्सक आक्रमणको विरोधमा देशभर ओपिडी ठप्प

काठमाडौं,१३ साउन । नेपाल चिकित्सक संघले विभिन्न खालको माग राख्दै आन्दोलन गरेका छन् । संघले बुधबार मइतीघर मण्डलामा वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषी माथि कानुनी कारबाही गर्ने माग गर्दै आन्दोलन गरेको हो । आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा.प्रमोद रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा उपचार भइरहेको छ । नेपाल चिकित्सक संघका कोषाध्यक्ष डा. तेजसुसिंह मल्लले दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग आग्रह गर्नु भएको छ । डा. मल्लले सरकारले चिकित्सकहरूको माग यथाशीघ्र सम्बोधन गरे आन्दोलन पनि तत्काल फिर्ता हुने बताउनु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘सरकारले जति छिटो माग पुरा गर्दिन्छ त्यति नै चाँडै आन्दोलन बन्द हुन्छ । सरकारलाई आग्रह छ की छिटो भन्दा छिटो दोषीलाई समातेर कानुनी दायरामा ल्याउन कानुनी कारबाही गर्ने आग्रह गर्दछौँ ।’ उहाँले चिकित्सक माथि भएको घटनाको विरोधमा जारी आन्दोलन अन्तर्गत देशभरका अस्पतालमा ओपिडी सेवा बन्द गरिएको बताउनु भयो । हाल देशव्यापी रूपमा ओपिडी सेवा बन्द रहेको छ भने नारायणी अस्पतालमा इमरजेन्सी सेवा समेत ठप्प रहेको उहाँले जानकार दिनु भयो । उहाँले घटना भएको ३÷४ दिन बितिसक्दा पनि सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो।

 

उहाँले भन्नु भयो, ‘घटना घटेको ३÷४ दिन भयो । सरकारले यस्तो हुन्छ भनेर अनुमान गर्नु पदैन् । पहिलाको सरकार हुँदा पनि र अहिलेको सरकार हुँदा पनि हामीले यस्तो भोगी नै रहेका छौँ ।’ यस्तै, डा. विना श्रेष्ठले चिकित्सकहरूको आन्दोलनको मुख्य उदेश्य डाक्टरहरूको सुरक्षा सुनिश्चित गर्नु रहेको बताउनु भयो । उहाँले सुरक्षित वातावरणमा मानसिक रूपमा ढुक्क भएर सेवा दिन पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिइनु भयो । उहाँले भन्नु भयो , ‘हाम्रो आन्दोलनको माग भनेको डाक्टरको सुरक्षा हो । हामीले अरू केही मागेको छैन । मेन्टल्ली एकदमै स्वास्थ्य भएर सर्भिस दिन चाहन्छौँ । हरेक चोटि कार्यस्थलमा पुगेपछि कसैले पिट्ने हो कि वा गाली गर्ने हो कि, सामाजिक सञ्जालमा तथानाम भन्ने हो कि भन्ने डरले बाच्न नपरोस् त्यति मात्र हो हाम्रो माग ।’

 

उहाँका अनुसार चिकित्सकहरू प्रत्येक पटक कार्यस्थलमा पुग्दा कुटपिट, दूव्र्यवहार, गालीगलौज तथा सामाजिक सञ्जालमा चरित्रहत्या हुने डरमा काम गर्न बाध्य छौं । यस्तो अवस्था अन्त्य हुनुपर्ने माग रहेको उहाँले बताउनु भयो । डा. श्रेष्ठले वीरगञ्जमा एक चिकित्सकमाथि भएको आक्रमणको उल्लेख गर्दै घटनामा घाइते चिकित्सक ट्रमा उपचारमा रहेको जानकारी दिइनु भयो । उहाँले यस्ता घटनाहरू पटक–पटक दोहोरिनु दुःखद भएको भन्दै चिकित्सकहरूको सुरक्षाका लागि सरकारले विद्यमान कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग गर्नु भयो । उहाँले भन्नु भयो, ‘डाक्टरलाई ज्यानै जाने हिसाबले कुटेको छ। वीरगन्जमा उहाँको ट्रमामा उपचार भइरहेको छ । यस्तो अवस्था कति चोटि सहने । त्यो भएको हुनाले हामीलाई सरकारद्वारा भएका कानुनहरू पनि सही ढंगले कार्यान्वयन होस् भन्ने चाहन्छु ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन