बाघ संरक्षणसँगै द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री चौधरी

काठमाडौं ,१३ साउन । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले बाघ संरक्षणसँगै बढ्दो मानव–वन्यजन्तु द्वन्द्वको प्रभावकारी व्यवस्थापन सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनु भएको छ । विश्व बाघ दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले बाघ संरक्षणमा नेपालले उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै अब संरक्षणसँगै व्यवस्थापनलाई पनि समान प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

 

उहाँले नेपालले सन् १९७९ देखि बाघ संरक्षणका लागि विभिन्न योजना र कार्यक्रम कार्यान्वयन गर्दै आएको तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहयोगमा बाघको बासस्थान र आहारा संरक्षणमा निरन्तर काम भइरहेको जानकारी दिइनु भयो । नेपाल अन्तरदेशीय संरक्षण कार्यक्रम तथा विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय संयन्त्रमार्फत बाघ संरक्षणमा सक्रिय रहेको उल्लेख गर्दै उहाँले नेपाल–भारतबीच सञ्चालित तराई आर्क ल्यान्डस्केप कार्यक्रमले बाघको आनुवंशिक विविधता संरक्षण र दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याएको बताउनु भयो ।

मन्त्री चौधरीले स्थानीय समुदायको सहभागिता संरक्षणको आधारशिला भएको भन्दै संरक्षणबाट पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, आयआर्जन तथा सामुदायिक अपनत्व अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले विश्वभर सन् २०१० मा करिब ३ हजार २ सय रहेको बाघको संख्या बढेर हाल ५ हजार ५ सयभन्दा बढी पुगेको र त्यसमा नेपालको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो । नेपालमा नियमित गस्ती, चोरी–सिकारी नियन्त्रण, बासस्थान व्यवस्थापन तथा सामुदायिक सहभागिताका कारण बाघको संख्या निरन्तर बढिरहेको उहाँले बताउनु भयो।

 

बढ्दो बाघ संख्यासँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना पनि बढेको उल्लेख गर्दै मन्त्री चौधरीले सरकारले समस्याग्रस्त बाघको उद्धार, नियन्त्रण, होल्डिङ सेन्टर व्यवस्थापन तथा पीडित परिवारलाई छिटो, प्रभावकारी र पीडितमैत्री ढंगले राहत उपलब्ध गराउँदै आएको जानकारी दिइनु भयो । दीर्घकालीन व्यवस्थापनका लागि टाइगर स्याङ्क्चुअरीलगायत विकल्पबारे अध्ययन भइरहेको पनि उहाँले बताउनु भयो । वैज्ञानिक बाघ गणनाबाट प्राप्त तथ्यांकले आगामी संरक्षण नीति तथा योजनालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले मानव सुरक्षा र बाघ संरक्षणबीच सन्तुलन कायम गर्नु सरकारको साझा लक्ष्य रहेको बताउनु भयो।

मन्त्री चौधरीले संरक्षण अभियानमा योगदान पुर्याउँदै आएका नेपाली सेना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, स्थानीय समुदाय, संरक्षण साझेदार संस्था, सञ्चारकर्मी, प्राविधिक तथा स्वयंसेवकप्रति आभार व्यक्त गर्नु भयो। संरक्षण क्षेत्रमा समुदाय र सुरक्षाकर्मीले आफ्नो ज्यानको जोखिम मोलेर निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उहाँले सबै पक्षको सहकार्यबाट मात्रै संरक्षण अभियान सफल हुने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना