अनुसन्धान जारी

गढीमाई मन्दिरको ताला फोडेर बहुमूल्य गहना चोरी

रौतहट,१३ साउन । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ । गत साउन १० गते आइतबार राति अज्ञात समूहले मन्दिरको मूल ढोकाको ताला फुटाई मुख्य देवीको मूर्तिमा रहेका ४ थान बहुमूल्य गहनाहरू चोरी गरेको घटना सार्वजनिक भएको हो । धार्मिक आस्थाको केन्द्र रहेको गढीमाई मन्दिर जस्तो संवेदनशील र सुरक्षित मानिने स्थानमा भएको यो चोरीको घटनाले स्थानीयवासी, धार्मिक संघसंस्था र सर्वसाधारणमा गम्भीर चिन्ता र आक्रोश पैदा गरेको छ ।

 

घटना घटेको चार दिनपछि मन्दिरका मूल पुजारी शिव चौधरीले चोरी भएका गहनाहरूको आधिकारिक विवरण सार्वजनिक गर्नु भएको छ । मूल पुजारी चौधरीका अनुसार चोरहरूले मन्दिर भित्र प्रवेश गरी मुख्य देवीलाई चढाइएका ४ थान बहुमूल्य गहनाहरू चोरेर लगेका छन् । देवीको शिरमा रहने चाँदीको मुख्य मुकुट (टोप), सुनको जलप लगाइएको चाँदीको ऐतिहासिक हार, देवीको गलामा सजाइएको सुनको परम्परागत तिलहरी र मुख्य पूजाआजामा प्रयोग गरिने सुनको हार चोरी भएको उहाँले जानकारी दिनु भयो। मूल पुजारी चौधरीले मन्दिरको सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठाउँदै घटनाको निष्पक्ष र सुक्ष्म छानबिन गर्न माग गर्नु भएको छ ।

 

उहाँले दोषीको तत्काल पहिचान गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न र चोरी भएका बहुमूल्य धार्मिक गहनाहरू यथाशक्य चाँडो बरामद गर्न स्थानीय प्रशासन र प्रहरीसँग जोडदार माग गर्नु भएको छ । घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय बारा र मातहतका प्रहरी टोलीहरू अनुसन्धानमा जुटेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार मन्दिर परिसर तथा आसपासका क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामराहरूको फुटेज संकलन गरी सूक्ष्म विश्लेषण भइरहेको छ ।

 

एसपी कुँवरले भन्नु भयो, ‘हामीले सिसिटिभी क्यामराको फुटेजलाई मुख्य आधार बनाएर अनुसन्धान अगाडि बढाएका छौँ । शंकास्पद व्यक्ति माथि निगरानी बढाइएको छ ।’ यद्यपि, घटनामा संलग्न वास्तविक अपराधीहरूको पहिचान भने अझै खुल्न सकेको छैन । प्रहरीले दोषीको खोजी कार्य तथा प्रमाण संकलनको कामलाई अत्यन्त तीव्र गतिमा अघि बढाइएको र चाँडै नै अपराधीहरू कानुनी दायरामा आउने दाबी गरेको छ ।

 

नेपाल र भारत मात्र नभई विश्वभरका हिन्दू धर्मावलम्बीहरूको महान् आस्थाको केन्द्रका रूपमा रहेको गढीमाई मन्दिरमा भएको यो घटनाले आम जनमानसमा चिन्ता उत्पन्न गराएको छ । हरेक पाँच वर्षमा लाग्ने विश्वकै ठूलो बलिमेलाका रूपमा परिचित यस मन्दिरको सुरक्षा व्यवस्थामा भएको यस्तो गम्भीर कमजोरीप्रति स्थानीय सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न र मन्दिरको सुरक्षालाई दीर्घकालीन रूपमा भरपर्दो बनाउन माग गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गढीमाई मन्दिरको ताला फोडेर बहुमूल्य गहना चोरी

रौतहट,१३ साउन । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ । गत साउन १० गते

सरकारद्वारा ९ विधेयक संसदमा पेस गर्न स्वीकृति

काठमाडौं,१३ साउन । सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका

प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त बैंकिङ कसुरमा पक्राउ

काठमान्डौं, १३ साउन । प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सीबीओ) रश्मी पन्त बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई

बाघ संरक्षणसँगै द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री चौधरी

काठमाडौं ,१३ साउन । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले बाघ संरक्षणसँगै बढ्दो मानव–वन्यजन्तु द्वन्द्वको प्रभावकारी व्यवस्थापन सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनु भएको छ ।

चिकित्सक आक्रमणको विरोधमा देशभर ओपिडी ठप्प

काठमाडौं,१३ साउन । नेपाल चिकित्सक संघले विभिन्न खालको माग राख्दै आन्दोलन गरेका छन् । संघले बुधबार मइतीघर मण्डलामा वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि

कोशी सरकारद्वारा देवानगञ्ज घटनाका पीडितलाई राहत र ८ बुँदे निर्णय

विराटनगर,१३ साउन । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ र घर, पसल साथै अन्य आगजनी भएका परिवार तथा