CTVT का करार तथा ज्यालादारी श्रमिकद्वारा आन्दोलनको घोषणा

भक्तपुर,१४ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूको केन्द्रीय संघर्ष समितिले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । समितिले बिहीबार जारी गरेको अपिलमा कर्मचारीहरूको हकहित, सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताका लागि परिषद् व्यवस्थापन समक्ष ९ बुँदे मागपत्र पेश गरिएको उल्लेख गर्दै २०७७ सालदेखि विभिन्न चरणमा आन्दोलन तथा वार्ताका प्रयास भए पनि हालसम्म कुनै ठोस सम्बोधन नभएको जनाएको छ । समितिका अनुसार यसअघि दिइएको २४ घण्टे अल्टिमेटमको अवधि समाप्त हुँदा पनि व्यवस्थापन पक्षबाट मागप्रति सकारात्मक पहल नभएपछि आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो ।

 

संघर्ष समितिले व्यवस्थापनको उदासीन र गैरजिम्मेवारपूर्ण व्यवहारप्रति असन्तुष्टि जनाउँदै परिषद् मातहतका प्रदेश कार्यालय, शिक्षालय, तालिम केन्द्र तथा अन्य शाखाहरूमा निम्नानुसार आन्दोलनका कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ । घोषित कार्यक्रम अनुसार साउन १३ गते कार्यालय प्रमुख मार्फत सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएको तथा साउन १४ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पेनडाउन गर्ने, साउन १५ गते सोही अवधिमा प्रशासनिक तथा आर्थिक शाखाको कामकाज ठप्प पार्दै धर्ना दिने, साउन १८ गतेदेखि प्रशासनिक तथा आर्थिक शाखाको काम पूर्ण रूपमा बन्द गर्ने तथा धर्ना जारी राख्ने, साउन २२ गतेदेखि शैक्षिक गतिविधि र परीक्षा सम्बन्धी कामकाज ठप्प पार्ने तथा साउन २५ गते केन्द्रीय कार्यालयमा घेराउ गर्ने कार्यक्रम रहेको छ ।

 

यसका साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने, निर्धारित ढाँचाको ब्यानर प्रदर्शन गर्ने तथा उपत्यका भित्रका कार्यालयका संयोजकहरूले केन्द्रीय संघर्ष समितिको नेतृत्वमा परिषद् व्यवस्थापनसमक्ष आन्दोलनका कार्यक्रम बुझाउने निर्णय पनि गरिएको समितिले जनाएको छ । संघर्ष समितिले व्यवस्थापन पक्षले माग सम्बोधनमा थप ढिलाइ गरे आन्दोलनका कार्यक्रम अझ सशक्त बनाइने चेतावनी दिएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्रीको राजीनामा माग सहित जनकपुर बजार बन्द

जनकपुर,१४ साउन । हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुरधामको बजार बन्द गरिएको छ । जनकपुरधामका हिन्दू युवाहरूले जनकपुर बजार बन्द गराएका छन् । उनीहरुले प्रत्येक मुख्य

देशमा हत्या–हिंसा बढ्दा सरकार बेखबरः सांसद राई

काठमाडौं,१४ साउन । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले देशको सुरक्षा अवस्था र राष्ट्रियताका विषयमा गम्भीर ध्यान दिनुपर्ने बताउनु भएको छ। बिहीबार बसेको प्रतिनिधिसभा

प्रधानमन्त्रीले विवादित अभिव्यक्ति नसच्याएसम्म विरोध जारी रहन्छः सांसद शर्मा

काठमाडौं,१४ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने बताउनु भएको छ । प्रतिनिधिसभाको बिहीबार

‘पाथीभरा माता’ बनेर भ्रम फैलाउने २४ वर्षीय समिर थापा पक्राउ

रौतहट,१४ साउन । रौतहट जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक सञ्जाल मार्फत भ्रम फैलाएको र धार्मिक आस्थामा आँच प पुर्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ

नागरिकको मृत्युमा राज्यको मौनता माथि थापाको प्रश्न

काठमाडौं,१४ साउन। नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा भएको घटनाबारे सरकारसँग जवाफ माग गर्दै निष्पक्ष छानबिनको माग गर्नु

CTVT का करार तथा ज्यालादारी श्रमिकद्वारा आन्दोलनको घोषणा

भक्तपुर,१४ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूको केन्द्रीय संघर्ष समितिले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै