‘पाथीभरा माता’ बनेर भ्रम फैलाउने २४ वर्षीय समिर थापा पक्राउ

रौतहट,१४ साउन । रौतहट जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक सञ्जाल मार्फत भ्रम फैलाएको र धार्मिक आस्थामा आँच प पुर्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ०३ बस्ने २४ वर्षीय समिर थापा रहेका छन् । उनले आफूलाई ‘पाथीभरा माता’ भनेर चिनाउने गर्थे ।

 

प्रहरीका अनुसार थापाले सामाजिक सञ्जालमा आम नागरिकमा भ्रम सिर्जना हुने, धार्मिक आस्थाप्रतिको विश्वासमा असर पर्ने र सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्ने किसिमका भिडियो तथा फोटोहरू प्रसारित गरेका थिए । उक्त गतिविधि सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार राति २०ः३० बजेको समयमा नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका थापा माथि हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक रोटी सेक्न दुई समुदाय लडाउने काम बन्द गरौँ : सांसद मियाँ

काठमाडौं,१४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समिना मियाँले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज क्षेत्रमा भएको साम्प्रदायिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ । प्रतिनिधिसभा

दलहरूका विज्ञप्तिमा सुनसरी घटनाको वास्तविक स्वरूप नै छैनः सांसद ओली

काठमाडौं,१४ साउन । सांसद खुश्बु ओलीले सुनसरी घटनाबारे राजनीतिक दलहरूले जारी गरेका विज्ञप्तिमा घटनाको वास्तविक स्वरूप स्पष्ट नभएको बताउनु भएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा

गृहमन्त्रीको राजीनामा माग सहित जनकपुर बजार बन्द

जनकपुर,१४ साउन । हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुरधामको बजार बन्द गरिएको छ । जनकपुरधामका हिन्दू युवाहरूले जनकपुर बजार बन्द गराएका छन् । उनीहरुले प्रत्येक मुख्य

देशमा हत्या–हिंसा बढ्दा सरकार बेखबरः सांसद राई

काठमाडौं,१४ साउन । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले देशको सुरक्षा अवस्था र राष्ट्रियताका विषयमा गम्भीर ध्यान दिनुपर्ने बताउनु भएको छ। बिहीबार बसेको प्रतिनिधिसभा

प्रधानमन्त्रीले विवादित अभिव्यक्ति नसच्याएसम्म विरोध जारी रहन्छः सांसद शर्मा

काठमाडौं,१४ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने बताउनु भएको छ । प्रतिनिधिसभाको बिहीबार

‘पाथीभरा माता’ बनेर भ्रम फैलाउने २४ वर्षीय समिर थापा पक्राउ

रौतहट,१४ साउन । रौतहट जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक सञ्जाल मार्फत भ्रम फैलाएको र धार्मिक आस्थामा आँच प पुर्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ